बदलिँदो रेडियो–शैली

मङ्गलबार, ०१ फागुन २०७४, ०९ : ५१ दीपक आचार्य


फेब्रुअरी १३ तारिखमा पर्ने विश्व रेडियो दिवस मनाइँदै गरेको सन्दर्भमा रेडियोको दिगो विकासका सवालहरू उठिरहेका छन् । विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रसारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतिलाई सम्मान गर्दै विश्व रेडियो दिवस मनाउन सुरुवात गरिएकोे हो । आजभन्दा ७२ वर्षअघि फेबु्रअरी १३ तारिखका दिन संयुक्त राष्ट्रसंघ रेडियो स्थापना भएको दिनको सम्झनामा संसारभरिका गैरसरकारी संस्था, सञ्चारमाध्यम, विश्वविद्यालयहरू र सरकारहरूले रेडियो दिवस मनाउन लागेका हुन् । नेपालमा पनि सामुदायिक रेडियो प्रसारक संघ लगायत विभिन्न रेडियोका संघ संस्थाहरूले यो दिवस मनाउँदैछन्।

विश्वका अन्य मुलुकमा झैँ नेपालमा पनि आम सञ्चारको एक सशक्त माध्यमका रूपमा रेडियोको विकास भएसँगै पत्रकारिता पत्रिकामा मात्रै सीमित भएन । सन् १९२० मा लन्डनमा विश्वमै पहिलो पटक नियमित रेडियो प्रसारण सेवाका रूपमा बीबीसीले आफ्नो सेवा सुरु ग¥यो र बिस्तारै बिस्तारै विश्वभर रेडियो स्थापना हुन थाले र रेडियो पत्रकारिताको पनि विकास भयो । नेपालमा राणा प्रधानमन्त्री जुद्ध शमशेरका पालामा राणा परिवारले रेडियो सेट सुन्न थाले तापनि विसं २००४ पछि मात्रै पद्म शमशेरले सर्वसाधारणलाई रेडियो सेट राख्ने अनुमति दिए।

२००७ सालको प्रजातन्त्र प्राप्तिसँगै प्राप्त भएको रेडियो नेपालले आफ्नो प्रसारणको ४५ वर्षपछि एफएम सुरु गरेको थियो । २०५२ कात्तिक ३० गतेदेखि नेपालमा एफएम प्रसारण सुरु भएको थियो।

विसं २००७ सालको जनक्रान्तिको बेला भारतको फर्बेसगञ्जबाट रेडियो ट्रन्समिटर झिकाई भोजपुर जिल्ला र पछि विराटनगर जुटमिलबाट क्रान्तिलाई सफल बनाउन रेडियो प्रसारण सुरु गरिएको थियो । जनक्रान्ति सफल भएपछि त्यही उपकरणलाई काठमाडौँको सिंहदरबारमा ल्याई रेडियो नेपालको रूपमा २००७ चैत २० गतेदेखि प्रसारण सुरु गरिएको हो । अहिले देशैभरि फैलिएका एफएम रेडियोहरूको सुरुवात भने विसं २०५२ मा रेडियो नेपालको एफएम ब्यान्डबाट भएको हो । त्यसपछि दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोका रूपमा २०५४ जेठ २ गतेबाट रेडियो सगरमाथाले प्रसारण सुरु ग¥यो । त्यसपछि निजी र सामुदायिक तवरबाट धेरै एफएमहरू खुल्न थाले।

सूचना तथा सञ्चार मन्त्रालयका अनुसार हालसम्म ६१६ वटा रेडियो इजाजतपत्र जारी गरिएका छन् भने ३२९ वटा एफएम रेडियोहरूले नियमित प्रसारण गरिरहेका छन् । त्यसमा २२६ वटा सामुदायिक एफएम रहेका छन् । सूचना, मनोरञ्जन र शिक्षामा स्थानीयस्तरको स्वाद बोकेर एफएम रेडियोहरूले प्रसारण गरिरहेकाले गाउँघरमा अहिले सञ्चारको पहिलो माध्यम रेडियो नै हुन पुगेको छ ।  अहिले लोडसेडिङको समयमा त झन् रेपालमा रेडियोको महत्व बढ्न थालेको छ । अझ दुर्गम ग्रामीण क्षेत्र र पत्रपत्रिका समयमा पुग्न नसक्ने ठाउँमा खुलेका सामुदायिक रेडियो त सूचनाको प्रमुख आधार हुन पुगेको छ । नेपालमा यी रेडियाको विकासको इतिहास धेरै लामो नभए पनि यसको प्रभावकारिता बढ्दै गइरहेको छ । अहिले एफएम रेडियोको विकासमा दक्षिण एसियामा नेपाल अग्रपंक्तिमा रहेको छ भने विश्वलाई नै नयाँ नमुना प्रस्तुत गरेको छ । सरकारले रेडियो सम्बन्धी स्पष्ट नीति नियमको व्यवस्था नगरे पनि रेडियोहरूको दिगो विकासका लागि भने समस्या परेको छ भने रेडियोहरूको आर्थिक अवस्था राम्रो छैन।

रेडियो सुन्नेको खोजी गर्दा अहिलेसम्मको अनुसन्धानले काठमाडाँैमा रेडियो सेटहरू चन्द्रशमशेरकै पालामा आइपुगेको देखाउँछ । आत्म जीवनीपरक पुस्तक आनन्दमय आकाशमा मदनमणि दीक्षित आफ्ना कान्छा काका देवमणि दीक्षितले बेलायतबाट झिकाएको बेतार (रेडियो) दीक्षितहरूको काठमाडौँ गैह्रीधारास्थित घरमा सन् १९२९ मा आइपुगेको वर्णन गर्छन् । विसं १९९६ ताका शुक्रबार बेलुका कलकत्ताबाट प्रसारित हुने गोर्खाली प्रोग्राम सुन्न पुल्चोकदेखि गैह्रीधारासम्म हिँडेर जाने गरेको उल्लेख पनि उहाँले गर्नुभएको छ । नेपालमा राणा प्रधानमन्त्री जुद्ध शमशेरका पालामा राणा परिवारले रेडियो सेट सुन्न थाले तापनि विसं २००४ पछि मात्रै पद्म शमशेरले सर्वसाधारणलाई रेडियो सेट राख्ने अनुमति दिए । विसं २००७ सालको जनक्रान्तिको बेला भारतको फर्बेसगञ्जबाट रेडियो ट्रन्समिटर झिकाई भोजपुर जिल्ला र पछि विराटनगर जुटमिलबाट क्रान्तिलाई सफल बनाउन रेडियो प्रसारण सुरु गरिएको थियो । जनक्रान्ति सफल भएपछि त्यही उपकरणलाई काठमाडौँको सिंहदरबारमा ल्याई रेडियो नेपालका रूपमा २००७ चैत २० गतेदेखि प्रसारण सुरु गरिएको हो।

२००७ सालको प्रजातन्त्र प्राप्तिसँगै प्राप्त भएको रेडियो नेपालले आफ्नो प्रसारणको ४५ वर्षपछि एफएम सुरु गरेको थियो । २०५२ कात्तिक ३० गतेदेखि नेपालमा एफएम प्रसारण सुरु भएको थियो । रेडियो नेपालले एफएम काठमाडौँ १०० मेगाहर्जको नाममा एफएमको नयाँ स्वाद पस्केपछि निजी तथा सामुदायिक प्रयासबाट एफएम खुल्ने ढोका खुल्यो । १०० मेगाहर्जको समय निजी क्षेत्रलाई पनि बिक्री गरेर रेडियो प्रसारणमा सबैको सहभागिताको ढोका खुल्ने काम भएको थियो । एफएम रेडियो लोकतान्त्रिक आन्दोलनमा निक्कै प्रभावकारी भयो । जनचेतना जगाउन, लोकतन्त्रलाई संस्थागत गर्न, जनमत बनाउन र सामाजिक अभियान चलाउन अझै पनि एफएम रेडियो लोकप्रिय छन् नै।

रेडियो प्रसारण गर्न २०४९ कात्तिक ७ गते नेपाल वातावरण पत्रकार समूहले सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन दिए तापनि उसले २०५४ जेठ ५ गते मात्रै रेडियो सगरमाथाको रूपमा प्रसारण गर्न इजाजत पायो र जेठ ९ गतेबाट प्रसारण सुरु ग¥यो । त्यसपछि निजी र सामुदायिक तवरबाट धेरै एफएमहरू खुल्न थाले । अहिले देशका ७४ वटा जिल्लामा एफएम रेडियो स्थापना भइसकेका छन् । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार हालसम्म ६१६ वटा रेडियो इजाजतपत्र जारी गरिएका छन् भने ४ सय भन्दा बढी एफएम रेडियोहरूले नियमित प्रसारण गरिरहेका छन् । त्यसमा २८५ वटा सामुदायिक एफएम रहेका छन् । सूचना, मनोरञ्जन र शिक्षामा स्थानीय स्तरको स्वाद बोकेर एफएम रेडियोहरूले प्रसारण गरिरहेकाले गाउँघरमा अहिले सञ्चारको पहिलो माध्यम रेडियो नै हुन पुगेको छ । अझ दुर्गम ग्रामीण क्षेत्र र पत्रपत्रिका समयमा पुग्न नसक्ने ठाउँमा खुलेका सामुदायिक रेडियो त सूचनाको प्रमुख आधार हुन पुगेको छ । नेपालमा यी रेडियोको विकासको इतिहास धेरै लामो नभए पनि यसको प्रभावकारिता बढ्दै गइरहेको छ । अहिले एफएम रेडियोको विकासमा दक्षिण एसियामा नेपाल अग्रपंक्तिमा रहेको छ भने विश्वलाई नै नयाँ नमुना प्रस्तुत गरेको छ । भरखरै काठमाडौँमा सम्पन्न भएको दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलनले पनि विश्वमै सामुदायिक रेडियोको सफल अभ्यासमा नेपालले गरेको अभ्यासलाई लिएको पनि पाइयो।

गएको साउन ७ मा जारी भएको राष्ट्रिय आमसञ्चार नीति २०७३ ले अब रेडियो एफएमहरूको व्यावसायिक विकासको बाटो खुलेको छ । नीतिले एफएम रेडियो र टिभीका फ्रिक्वेन्सीलाई सार्वजनिक सेवा प्रसारण, सामुदायिक प्रसारण र व्यापारिक प्रसारण गरी तीन भागमा वर्गीकरण गरेको छ । नीतिले सामुदायिक रेडियोहरूको छुट्टै ऐनका साथ पहिचान दिने व्यवस्था गरेको छ । एक वर्षभित्रमा सामुदायिक रेडियोसम्बन्धी छुट्टै ऐन जारी गरिने तयारी पनि भएको छ  । यसले पक्कै पनि रेडियो प्रसारकहरूमा भइरहेको अन्योलतालाई कम गर्ने छ । रेडियोको दिगो विकासको चुनौतीलाई दृष्टिगत गर्दै सामुदायिक रेडियोहरूको दिगो विकासका लागि सामुदायिक रेडियो प्रसारक संघले अहिले विभिन्न रणनीति अघि सारेको छ जसले रेडियोको गुणस्तरीयतामा वृद्धि गर्ने र रेडियोको दिगो विकासमा सहयोग गर्ने लक्ष्य लिएको पाइन्छ।  
 
राजनीतिक परिवर्तनका लागि भएको दोस्रो जनआन्दोलनमा रेडियोले खेलेको भूमिकाको सबैतर्फ प्रशंसा भएपछि रेडियोतर्फ धेरैको ध्यान तानिएको थियो । शाही शासनमा समाचारमा रोक लाएको विरुद्धमा  सडकमा बसेर समाचार भनेको, एकोहोरो शंख बजाएर सरकार विरोधी आन्दोलन गरेको स्मरण अझै झलझली आउँछ । २०६१ माघ १९ गतेको शाही कूसँगै रेडियोले समाचार भन्न समेत पाएका थिएनन् । तर अहिले रेडियोको विकास विश्वलाई नै नमुना प्रस्तुत गर्ने गरेर भएको छ । राजधानी केन्द्रित केही रेडियो प्रसारण संस्था तथा रेडियो प्रसारक समूहहरूले देशभर फिँजिएका सामुदायिक, व्यावसायिक, शैक्षिक तथा कृषि रेडियोहरूलाई आफ्नो प्रसारण सञ्जालमा आबद्ध गरी समाचार तथा विचारमूलक कार्यक्रमहरूको उत्पादन तथा प्रसारण गर्दै आएका छन् । यी नेटवर्कले समाचार बुलेटिन तथा कार्यक्रमलाई सदस्य रेडियोहरूमा डिटिएच, भू–उपग्रहीय एमपिइजी रिसिभर, टेलिफोन हुकिङ, अप्टिकल फाइबर तथा इन्टरनेट स्ट्रिमिङका माध्यमद्वारा प्रसारित गर्ने गरेका छन्।

देशभरका स्थानीय तथा राष्ट्रिय खबरहरूसँगै अन्तर्राष्ट्रिय घटनाक्रम एवं अर्थ वाणिज्य, खेलकुद तथा मनोरञ्जनात्मक सामग्री एवं समसामयिक अन्तर्वार्ताहरू समेटी राजधानी सहर काठमाडौँमा उत्पादन हुने नेटवर्क समाचार बुलेटिनहरूमा सदस्य रेडियोका सञ्चारकर्मीहरूद्वारा उत्पादित वा सम्प्रेषित समाचार सामग्रीहरू समेत प्रसारण हुने गरेको छ । अहिले गाउँगाउँका विकास निर्माणका कुरा, किसानका प्रगतिका कुराहरू नीति निर्माण तहमा ल्याएर रेडियोहरूले समाज रूपान्तरणका लागि योगदान गरिरहेका छन् । अहिले लोडसेडिङका कारण ऊर्जाका लागि दोहोरो मार खेप्नुपरेका रेडियोहरूले जति नै अभाव र अफ्ठ्याराहरू भोग्नु परे तापनि जनतालाई सूचना तथा ज्ञानरूपी उज्यालो बाँडिरहेका छन्।

                    (प्रमुख, सामुदायिक सूचना नेटवर्क)   

 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

प्रविधि र व्यवसायमा छलाङ मार्दै नेपाली संगीत

दशकअघिको सुगम र पाश्र्व दुवै संगीत र अहिलेको संगीतको फ्लेबरमा आकाश पातालको फरक छ । अहिले प्रविधिले गर्दा दर्शकले सिर्जनाको...

सरकारले प्राथमिकता दिँदैन

सरकारले प्राथमिकता दिँदैन

मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले मिस नेपाललाई सरकारले प्राथमिकता दिनुपर्ने बताएकी छिन्। मिस नेपालले विश्वमा देशको प्रतिनिधित्व गर्ने भएपनि...

अंग्रेजीमा ‘मैले देखेको दरबार’

पूर्व राजाका पूर्व सैनिक सचिव विवेककुमार शाहको पुस्तक ‘मैले देखेको दरबार’को अङ्ग्रेजी संस्करण ‘विटनेसिङ प्यालेस, पावर एन्ड पोलिटिक्स’ बजारमा आएको...

विशेष सोमा रुचाइयो ‘भोर’को वाहवाही

विशेष सोमा रुचाइयो ‘भोर’को वाहवाही

आगामी वैशाख २१ बाट प्रदर्शन हुन लागेको फिल्म ‘भोर’ले राजनीतिज्ञ तथा मानवअधिकारकर्मीको उपस्थितिमा मंगलबार राजधानीमा विशेष शो गरेको छ ।...