उदयपुरबाट काँग्रेसमा दुई महिला सांसद मनोनीत

मङ्गलबार, ०१ फागुन २०७४, ११ : ०० नागरिक


गाईघाट-  हालै निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभाको बन्दसूचीमा रहेको प्रतिनिधिसभाका लागि समानुपातिक सदस्यको नामावलीमा उदयपुर जिल्लाबाट नेपाली काँग्रेसको तर्फबाट मात्र दुईजना महिला सांसद मनोनीत भएका छन् ।

 मनोनीत हुनेमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य लक्ष्मी परियार र  जिल्ला महासमितिका सदस्य तथा पूर्वसभासद् प्रमिला राई रहेको नेपाल काँग्रेस उदयपुरले बताएको छ ।

उदयपुरबाट प्रतिनिधिसभा सदस्यको लागि समानुपातिक कोटामा दुवै महिला मनोनीत हुन सफल भएको  नेपाली काँगे्स उदयपुरका प्रवक्ता मदनराज कटुवालले बताए।

 नेपाली काँग्रेसबाट उदयपुरको प्रतिनिधिसभाको क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फबाट निर्वाचित सांसदमा काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्कासहित तीनजना प्रतिनिधिसभा सदस्य भएका छन् ।

तर यता जिल्लाका वाम गठबन्धन नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रबाट समानुुपातिकमा महिला तथा पुरुषसहित दर्जनौँको नाम बन्दसूचीको लिष्टमा राखिएको भएपनि नाम पर्न नसकेकोमा सम्बन्धित उम्मेदवारले व्यापक असन्तुष्टी जाहेर गरेका छन् ।

एमालेभन्दा पनि माओवादी केन्द्रबाट धेरैजना नेता र महिलाको समेत समानुपातिक कोटामा नाम रहेको भएता पनि जिल्लामा कोही पनि पर्न सफल नभएको कुरा माओवादी केन्द्रका पूर्वसांसद तथा केन्द्रीय सदस्य मणि खम्बुले बताए।

उदयपुरबाट प्रत्यक्षतर्फ २ नम्बर निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रका सुरेश किराँतीले प्रतिनिधिसभामा विजय हासिल गरेका छन् भने काँग्रेसका तर्फबाट जिल्लाको क्षेत्र नम्बर १ बाट नेकाका डा नारायण खड्काले विजय हासिल गरेका छन्  ।

अब जिल्लाबाट प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट एकजना मात्र सांसद सदस्य रहेका छन् भने नेपाली काँग्रेसबाट तीन जना पुगेका छन् ।रासस
 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट

नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता २०७४ मा लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट भएको छ । दिप पौडेलले निर्माण...

सलमानपछि ऋतिकसँग दिशा

सलमानपछि ऋतिकसँग दिशा

क्रिकेटर महेन्द्रसिंह धोनीको गर्लफ्रेन्डको रुपमा दुई वर्षअघि दिशा पटानीले बलिउडमा अभिनय यात्रा सुरु गरेकी थिइन् । धोनीको जीवनीमा बनेको ‘एम.एस....

‘आतुङ’ लिएर आइन् अनिता

‘आतुङ’ लिएर आइन् अनिता

कवि अनिता लामा तेस्रो कविता संग्रह ‘आतुङ’ लिएर आएकी छन । काभ्रेको तेमाल मेच्छेमा जन्मेकी अनिताको यो तेस्रो कृति हो...

प्रधानमन्त्रीले भेटे राष्ट्रकवि घिमिरेलाई, उपचार खर्च सरकारले व्यहोर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन्। ...