coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली राष्ट्रपतिलाई किमको निम्तो

प्योङयाङ –  उत्तर कोरियाली नेता किम जोन उनले उत्तर कोरिया भ्रमणका लागि दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई निम्तो गरेका छन्।

दक्षिण कोरियामा भइरहेको शीतकालीन ओलम्पिकमा उत्तर कोरिया सहभागी भएपछि दुई देशबीचको कुटनीतिक सम्बन्धमा सुधार आउने संकेत देखिएको समयमा किमले मुनलाई भेटवार्ताका लागि निम्तो गरेका हुन् । उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मुनको  प्रशंसा समेत गर्दै उनलाई उत्तर कोरिया भ्रमणका लागि आग्रह गरेको उत्तर कोरियाली सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

विश्व शान्ति स्थापनाको क्षेत्रमा दक्षिण कोरियाले गरेको प्रयास सराहनीय भएको भन्दै नेता किमले दक्षिण कोरियाको प्रशंसा गरेका हुन्। शीतकालीन ओलम्पिक खेलको उद्घाटन गत शुक्रबार भएको थियो ।उत्तर कोरियाली प्रतिनिधी मण्डल शुक्रबार नै दक्षिण कोरियाको राजधानी  सोल आइपुगेका थिए । उत्तर कोरियाली प्रतिनिधी मण्डलले शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन ने इनसँग भेटवार्ता गरेको थियो । उक्त प्रतिनिधी मण्डलमा दक्षिण कोरियाली नेता किम जोन उनकी बहिनी पनि सहभागी थिईन् ।

 

प्रकाशित: १ फाल्गुन २०७४ ०७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App