नेपालीको खानामा प्रोटिनको अभाव

मङ्गलबार, ०१ फागुन २०७४, १३ : ४१ नागरिक


चितवन-  नेपालीहरुले खाने खानामा प्रोटिनको अभाव रहेको यहाँ आयोजित एक कार्यशालाका वक्ताले बताएका छन् ।

नेपाल पोल्ट्री महासंघ, कृषि तथा वनविज्ञान विश्वविद्यालय, नेपाल भेटेरिनरी एशोसिएसन तथा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिलले संयुक्तरूपमा आयोजना गरेको ‘सबैका लागि प्रोटिन’ विषयक कार्यशाला गोष्ठीमा सहभागी विज्ञले नेपाली खानामा प्रोटिनको कमी हुँदै आएको जनाएका हुन् ।

जनचेतनाको कमीका कारण दैनिक खाने खानामा प्रोटिनको मात्रा मापन गर्न नसकेको उनीहरूले बताएका थिए । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्रध्यापक डा सुवीर सिंहले अनुसन्धानको तथ्याङ्कअनुसार नेपालमा कूल ६ दशमलव ४ लाख मेट्रिक टन प्रोटिनको आवश्यकता भए पनि उत्पादन जम्मा ४ दशमलव ९ लाख मेट्रिक टन रहेकाले ७०–८० प्रतिशत नेपाली प्रोटिनयुक्त खानाबाट वञ्चित हुँदै आएको बताए।

कार्यशालामा नेपाल चिकित्सक संघका जिल्ला सचिव एवं वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी र प्रमुख बालरोग विशेषज्ञ डा रविन बानियाँले बच्चा, युवा र वृद्धावस्थामा शरीरलाई चाहिने प्रोटिनको मात्रा तथा त्यसको कमीले लाग्ने रोगबारे चर्चा गरेका थिए। उनीहरुले मानव शरीरका लागि अत्यावश्यक पाँच पौष्टिक तत्वमध्ये प्रोटिन एउटा महत्वपूर्ण तत्व भएको र यसबाट शरीरको जैविक विकासमा मात्र नभई मानसिक विकासका लागि समेत यो जरुरी भएकाे बताए।

दैनिक खानपानबाटै पौष्टिकतत्वले शरीरलाई पोस्ने र यसबाट शरीरका कोष, मासु, हाड, नसा, आदिको निर्माणमा खर्चिने हुन्छ । बढी खाना खाँदा यसको सञ्चय गर्न नसकिने भएकाले दैनिक शरीरलाई आवश्यक पर्ने मात्रा मात्र उपभोग गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

प्रोटिन प्राप्त गर्न पशु र अन्नबालीलाई प्रमुख आहारका रुपमा लिइन्छ । शरीरलाई चाहिने अमाइनो एसिडको प्रमुख स्रोत पशुबाट पाइने खाद्यजन्य पदार्थ जस्तैः दूध, अण्डा, मासु हो ।

अमेरिकी सोया एक्सपर्ट काउन्सिलका विशेषज्ञ डा पवन कुमारले नेपालमा ‘डाइजेस्टिबल प्रोटिन’ को माग र पूर्ति, प्रोटिनसँग सम्बन्धित तथ्य प्रस्तुत गर्दै दैनिक खाने खानामा प्रोटिनको मात्रा मापन मानिसको औसत आयु, उचाइ तथा स्वस्थ्य रहनसमेत प्रोटिनको विशेष भूमिका रहने जानकारी दिए ।रासस
 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट

नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता २०७४ मा लघु चलचित्र ‘अटुट नाता’ उत्कृष्ट भएको छ । दिप पौडेलले निर्माण...

सलमानपछि ऋतिकसँग दिशा

सलमानपछि ऋतिकसँग दिशा

क्रिकेटर महेन्द्रसिंह धोनीको गर्लफ्रेन्डको रुपमा दुई वर्षअघि दिशा पटानीले बलिउडमा अभिनय यात्रा सुरु गरेकी थिइन् । धोनीको जीवनीमा बनेको ‘एम.एस....

‘आतुङ’ लिएर आइन् अनिता

‘आतुङ’ लिएर आइन् अनिता

कवि अनिता लामा तेस्रो कविता संग्रह ‘आतुङ’ लिएर आएकी छन । काभ्रेको तेमाल मेच्छेमा जन्मेकी अनिताको यो तेस्रो कृति हो...

प्रधानमन्त्रीले भेटे राष्ट्रकवि घिमिरेलाई, उपचार खर्च सरकारले व्यहोर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन्। ...