coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

टिकटमा सुनिए लाकोजू

काठमाडौं—सृजनशील कवि युवा सूर्य लाकोजूको गृहथलो पनौतीमा एकल सृजना वाचन गरिएको छ। अक्षरमार्ग सिर्जना समूहको आयोजनामा सिर्जनालयको पहिलो श्रृङखलामा शनिबार उनले कविता, मुक्तक, हाइकु र गीत सुनाए्का हुन्। दुई सय रुपैयाँको टिकट काटेर आएकाहरु उनलाई सुनेर मन्त्रमुग्ध बने। 

टाउको भरी सेताम्मे तुषारो फुलाएर पनि

मलाई माया दिएर नअघाउने आमा

भन तिम्रो मनभित्र

कत्रो प्रेमको समुन्द्र छ?

ज्ञान विकास पुस्तकालयको खचाखच सभाकक्षमा लाकोजूले आमा शीर्षक कविताबाट एकल कविता वाचन शुभारम्भ गरेका थिए। 

कार्यक्रममा उनले एक दर्जन मुक्तक वाचन गरे । मायाप्रेम, राजनीति, सामाजिक विभेद आदिका विषयका मधुशाला, सुन किन चाहियो, भीमसेन थापाहरु, पातैको माया, धरतीको जून लगायत चोटिला मुक्तक सुनाए।

मुक्तक पछि उनले कविता वाचनको श्रृङ्खलालाई जोडे । उनले मेरो घाम, म पद्मावती, म सक्छु, बुँख्याचा, बुद्ध र युद्ध, आधुनिक महाभारत, ऐनाको ब्यापार लागायत दर्जन कविताहरु सुनाए। कविताभित्र समाज, राजनीति, विकृति र विसंगति, देशभक्तिको भावना पस्किए।

लाकोजूका रचनामा समाजको यथार्थ चित्रण हुन्छ। उनले कार्यक्रममा केही हाइकु र गीत पनि सुनाए। उनले लेखेका गीतहरु गायकहरु हरि कर्माचार्य, अजय लामा र विजय कर्माचार्यले गाएका थिए।

कविता, मुक्तक, निवन्ध, गीत, हाइकु जस्ता विषयमा पन्ध्रवटा कृति लेखिसकेका लाकोजूले पिता शिर्षक कविताबाट एकल वाचनको विट मारे।

प्रकाशित: १ फाल्गुन २०७४ ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App