६ वैशाख २०८१ बिहीबार
राजनीति

‘जनयुद्ध’ दिवसमा पेरिसडाँडामा देखिएनन् एमाले नेता

पेरिसडाँडामा केक काट्दै दाहाल। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- २३ औं ‘जनयुद्ध’ दिवसको अवसमा माओवादी पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा नेकपा एमालेको तर्फबाट प्रतिनिधित्व भएन। माओवादीको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वासिएल) जनयुद्ध दिवसमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बोलाउने निर्णय गरे पनि पछि उक्त निर्णयबाट पछि हटेको थियो। संगठनले निर्णय गरे पनि ओलीलाई राजनीतिक अवस्था हेरर निमन्त्रणा नगरिएको वाइसिएलका एक नेताले बताए।

एमाले र माओवादीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी सहकार्य गर्दै पार्टी एकता गर्ने निर्णय गरेका थिए। सफल चुनावी एकताले वाम गठवन्धनलाई बहुमत समेत दिलायो। राष्ट्रिय सभा निर्वाचन र प्रादेशिक सरकार गठनमा समेत सहकार्य गरेका दुई पार्टीले जनयुद्ध दिवसमा भने सहकार्य गर्न सकेनन्।

पार्टी एकताको लागि गृहकार्य गरिरहेका एमाले र माओवादीले जनताको बहुदलीय जनवाद र जनयुद्धबारे समेत छलफल गरिरहेका छन्। एमालेले जनयुद्धलाई स्विकार नगर्ने गरी आफुलाई प्रस्तुत गरिरहेको अवस्थमा एकताको लागि तयार भएका दुई पार्टी मध्ये माओवादीको महत्वपूर्ण दिनमा एमाले नेताहरु सहभागि नुहुनुलाई अर्थपूर्णरुपमा हेरीएको छ।

‘उहाँ (ओली) लाई किन अप्ठेरो पार्ने भनेर बोलाएनौ’, वासिएलका एक नेताले भने,‘अन्य नेतालाई बोलाए पनि उहाँहरु आउनु भएन।’ कार्यक्रममा एमाले उपाध्यक्ष वामदेब गौतम आउने अपेक्षा गरिएको थियो।

पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा लगायत माओवादी नेता कार्यकर्ता पुगेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सबै कम्युनिष्टहरुलाई एउटै केन्द्रमा सामेल हुन आग्रह गरेका छन्।
दाहालले समृद्धि र समाजवादको  निर्माण गर्ने असाधारण ऐतिहासिक अवसर रहेको बताउँदै सबै कम्युनिष्टहरुलाई एउटै केन्द्रमा समाहित हुन आव्हान गरे।

 

 

पेरिसडाँडामा केक काट्दै दाहाल। तस्बिर : दिपेश श्रेष्ठ
पेरिसडाँडामा केक काट्दै दाहाल। तस्बिर : दिपेश श्रेष्ठ
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App