५ वैशाख २०८१ बुधबार
कला

माधुरीको नाम अजयसँग जोडिएपछि...

मुम्बई – आफ्नो मुस्कानको जादुले दुनियालाई मोहित पार्न सफल अभिनेत्री माधुरी दीक्षित एक पटक फेरि चर्चामा छिन्। माधुरीको एक, दुई, तीन भन्ने गीत फेरि ठुलो पर्दामा आउन लागेको छ। यो गीतमा ज्याकलिन फर्नाडेजले ठुम्का लगाउँदैछिन्।

उनी आफै पनि रोहित शेट्टीको फिल्ममा देखिन लागेकी छन्। रोहितले बनाउन लागेको फिल्म ‘टोटल धमाल’मा अनिल कपूरसँग देखिन लागेकी हुन्। 

माधुरीलाई बलिउड नगरीमा चाहनेको लामो लिस्ट छ। उनको नाम सञ्जय दत्तदेखि अनिल कपुरसम्म जोडिएको हल्ला बेलाबेलामा मिडियामा आइरन्छ। तर माधुरीको मन भने क्रिकेटर अजय अजेडामा अड्कियो। उनी र अजयबीचको सम्बन्धका बारेमा यहा चर्चा गरिँदैछ। जोसँग उनको सम्बन्ध लामो समयसम्म टिक्न सकेन। यी दुईको भेट एक म्यागेजिनको लागि फोटो सुटको क्रममा भएको थियो। पहिलो भेटबाटै उनीहरुको प्रेमको किस्सा शुरु हुन थाल्यो।  

माधुरीसँगको प्रेममा परेपछि अजय पनि फिल्ममा आउने चर्चा चलेको थियो तर उनी फिल्ममा भने देखिएनन्। अजयलाई फिल्ममा ल्याउनको लागि माधुरीले निर्देशकलाई सिफारिस पनि गरेकी थिइन्। माधुरीसँगको प्रेममा परेका अजयले क्रिकेटमा ध्यान दिन नसक्दा उनले आफ्नो खेल जीवन नै ध्वस्त बनाए। 

राज खानदानका अजय र मध्यम वर्गीय परिवारकी  माधुरीबीचको सम्बन्धमा अजयका परिवार भने सन्तुष्ट देखिएनन्। उनीहरुको प्रेम चलिरहेकै समयमा क्रिकेटर अजय अजरुद्धिनसँग म्याच फिक्सिङ गरेको आरोपमा समातिएपछि माधुरीले डा. श्रीराम माधव नेनेसँग विहे गरिन।

प्रकाशित: १ फाल्गुन २०७४ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App