coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हात्तीको आक्रमणबाट दुईको मृत्यु

इटहरी  – जंगली हात्तीको आक्रमणबाट सप्तरी कञ्चनपुरका दुई महिलाको मृत्यु भएको छ। मंगलबार दिउँसो कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुगेका कञ्चनपुर वडा नं. ५ की ४५ बर्षीया दुर्गी मुखिया र सोही ठाउँकी ३५ बर्षीया मञ्जुदेवी साहको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

‘आरक्ष क्षेत्रमा दाउरा लिन गएका महिला घर नफर्किएपछि खोजी गर्दा मृत भेटिए,’ आरक्षका वार्डेन श्यामकुमार साहले भने, ‘खोजी गर्ने क्रममा हात्तीको आक्रमणले गर्दा मृत्यु भएको खुलेको छ।’ 

जंगली हात्तीको आक्रमणबाट साउनयता ६ जनाको मृत्यु भइसकेको छ। मंसिर दोस्रो सातामात्र कोशी गाउँपालिका वडा नं. ३ की ५५ बर्षीया बेचनीदेवी सर्दार र सोही ठाउँकी ४५ बर्षीया देवकीदेवी सर्दारको मृत्यु भएको थियो। 

सुनसरी, सप्तरी र उदयपुरमा फैलिएको आरक्ष क्षेत्रमा मंसिरमै सप्तरीको कञ्चनरुप वडा नं. १० की ७० बर्षीया फूलुवादेवी यादवको हात्तीकै आक्रमणबाट मृत्यु भएको थियो। त्यसलगतै, सुनसरी बराह वडा नं. ९ श्रीलंका टापुका रविलाल उरावले हात्तीको आक्रमणबाट ज्यान गुमाएका थिए।

अहिले आरक्ष क्षेत्रमा १५ वटा हात्ती रैथाने रुपमा बस्ने गरेका छन्। आरक्ष क्षेत्र तीन जिल्लामा गरी एक सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। हात्तीले दैनिक चालीस किलोमिटरसम्म हिड्न सक्छ। तर, आरक्षको चौडाई दश किलोमिटर र लम्बाई साढे १७ किलोमिटर भएकाले गर्दा पनि सजिलै बस्तीमा प्रवेश गर्ने हुँदा सर्वसाधारणमाथी आक्रमण गर्ने गरेको बताइएको छ।

प्रकाशित: १ फाल्गुन २०७४ १४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App