ओली-दाहाल भेटवार्ता

पार्टी एकता टुङ्ग्याउन बुधबार संयोजन समितिको बैठक

मङ्गलबार, ०१ फागुन २०७४, २२ : १७ नागरिक


काठमाडौं - नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतालाई अन्तिम रुप दिन बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ। ललितपुरमा मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भएको एक्ला एक्लै छलफलका क्रममा सो सहमति भएको हो। 

पार्टी एकतालाई सार्थक निष्कर्षमा पु-याउने र सरकार गठन अगावै एकीकृत पार्टीको खाका तयार पार्ने लक्ष्यका साथ दुई पार्टीका अध्यक्षद्वयले निरन्तर संवाद गर्दै आएका छन्। 

“पार्टी एकतालाई सरकार गठन अगावै टुंगो लगाउने लक्ष्यका साथ आजको बैठक अत्यन्तै सकारात्मक दिशामा सकिएको छ, बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको छ”, अध्यक्षद्वयबीच भएको छलफललाई उद्धृत गर्दै अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले भने। 

सोमबार अध्यक्ष ओली र अध्यक्ष दाहालबीच पार्टी एकतालाई अगाडि बढाउने सन्दर्भमा दुवै अध्यक्ष नै पार्टीमा रहने गरी मध्यमार्गी प्रस्तावमा सहमति भएको थियो। 

बैठकमा त्यसको खाका, सांगठनिक तथा राजनीतिक वैचारिक विषयमा समेत मतैक्यता कायम गरिएको जनाइएको छ। तर कसरी मतैक्य भयो भन्ने बारेमा भने सार्वजनिक रुपमा केही बताइएको छैन। “सम्भवतः सरकार गठन अगावै पार्टी एकता गर्ने गरी छलफल भएको छ, छलफल असाध्यै सकारात्मक छ”, अध्यक्ष दाहालका स्वकीय सचिव महराले भने। 

गत असोज १७ गते पार्टी एकतासहित वामगठबन्धन गरेका दुई दल एमाले र माओवादीबीच पछिल्लो दिनमा एकताको पक्षमा ठोस प्रगति नभएपछि विभिन्न कोणबाट आशंकाहरु व्यक्त भएका थिए। त्यसो त नेताहरुले वार्ता सहमति नजिक पुगेको बताउँदै आएका थिए। सोमबार र आजको छलफलपछि एकताले मूर्त रुप लिएको बताइएको छ। 

आगामी महाधिवेशनसम्म एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले अंगीकार गरेको माओवाद र जनताको बहुदलीय जनवादमा रहेका समान धारणालाई एकीकृत गर्ने विषयमा समेत नेताहरुबीच सहमति भएको जनाइएको छ। 

यस्तै, पार्टीका शीर्षनेताको विषयमा सहमति भएको छ भने स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा रहने नेताका सम्बन्धमा पार्टी एकता संयोजन समितिले कार्यदल बनाएर हल गर्ने विषयमा नेताहरुबीच सहमति भएको बताइएको छ। तर यी विषयमा शीर्ष नेताले सार्वजनिक रुपमा केही बताएका छैनन्। 

एकता संयोजन समितिमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्। (रमेश लम्साल/रासस)






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

तम्सिए निर्माता, तर्सिए हलवाला : अर्को सिन्डिकेट तोड्दै सरकार

तम्सिए निर्माता, तर्सिए हलवाला : अर्को सिन्डिकेट तोड्दै सरकार

सरकार बक्सअफिस लागू गर्ने पक्षमा छ । उता हलवालाहरु जुनसुकै हालतमा बक्सअफिस रोक्ने पक्षमा छन् । यता निर्माता संघ आन्दोलनको...

धेरै सफल, थोरै असफल

धेरै सफल, थोरै असफल

राजधानीमा जारी राष्ट्रिय कला प्रदर्शनीले यतिबेला मिश्रित चर्चा पाइरहेको छ । नेपाल कलापरिषदमा जारी कला प्रदर्शनीमा राम्रा पक्षहरूको पारखीहरूले प्रशंसा...

भूकम्पको असर देखाउने ‘द डार्कनेस बेकन’

भूकम्पको असर देखाउने ‘द डार्कनेस बेकन’

तीन वर्ष अघिको बिनाशकारी भूकम्पपछि सिन्धुपाल्चोककी एक बालिकाको जीवनमा आएको उतारचढावलाई प्रमुख विषय बनाएर निर्माण गरिएको फिल्म ‘द डार्कनेस बेकन’को...

सर्वनाममा ‘परिवन्द’

सर्वनाममा ‘परिवन्द’

राजधानीको कालिकास्थानमा रहेको सर्वनाम नाटकघरमा हाल नाटक ‘परिवन्द’ धमाधम मञ्चन भईरहेको छ । नेपालको पूर्वी पहाडको ग्रामीण भेगको कथा प्रस्तुत...