८ वैशाख २०८१ शनिबार
समाज

टुँडिखेलमा सेना दिवसको रौनक (फोटो/भिडियो)

काठमाडौं – नेपाली सेनाले ‘महाशिवरात्री तथा सेना दिवस २०७४’ मनाएको छ। मंगलबार टुँडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति एवं परमाधिपति विद्यादेवी भण्डारीको उपस्थितीमा विविध रोचक कार्यक्रम गरी सेना दिवस मनाइएको हो।

सो अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरी वीर शहिदहरुप्रति श्रद्धान्जली अर्पण गरिन। सेनाले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो।

उक्त कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरद्वारा व्यानर प्रदर्शन गरिएको थियो भने राईफल र तोपबाट महाशिवरात्री बढाँई गरिएको थियो। सोही समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीबाट निशान प्राप्त गरेका श्री नंं.२ तथा नं.३ जगदल गण, श्री गोरखकाली गुल्म र प्रधानसेनापति ब्यानर प्राप्त गरेको श्री दुर्गाबक्स गणले इज्जत अर्पण कवाज प्रस्तुत गर्नुको साथै संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति सेनामा सहभागी भएको ६० वर्ष पुरा भएको अवसरमा मिशनमा भएको सहभागिताको झलक प्रस्तुत गरिएको थियो। 

उक्त समारोहमा नेपाली सैनिकहरुबाट फ्रि–फल जम्प, सशस्त्र सैनिक कला, महिला सैनिकहरुले स्यान्चरोनिज्ड ड्रिल, खुकुरी मार्सल आर्ट तथा ‘कथा गाथा नेपाली सेनाको’ नामक संगितमय नाट्य प्रस्तुत गरिएको थियो भने गोर्खा रेजिमेण्ट व्याण्ड (भारत), विग्रेड अफ गोर्खा व्याण्ड (वेलायत) र नेपाली सेनाको सैनिक ब्याण्डबाट छुट्टाछुट्टै तथा संयुक्त ब्याण्ड प्रस्तुती प्रदर्शन गरिएको थियो।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि राष्ट्रपति भण्डारीद्वारा नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही बार्षिक २०७४’ को विमोचन गर्नुका साथै फ्रि–फल जम्पमा प्रथम हुने सह सेनानी दुर्गा बहादुर श्रेष्ठ र द्वितिय हुने सह सेनानी जगन्नाथ दनैलाई पुरस्कार प्रदान गरेकी थिइन।

उक्त कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु, बेलायतका रक्षा राज्यमन्त्री, भारतीय सेनाध्यक्ष विपित रावत, विभिन्न संवैधानिक निकायका प्रमुखहरुलगायतको सहभागिता थियो।

तस्बिर सबै दिपेन्द्र रोक्का

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App