काठमाडौं – देवः विकास बैंकले मंगलबारबाट सी–आस्बा सेवा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशन बमोजिम सिडिएस एन्ड क्लियरिङको सहकार्यमा बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो।
आफ्ना ४९ वटै शाखा तथा सेवा केन्द्रबाट ग्राहकले उक्त सेवा लिन सक्ने बैंकले जनाएको छ।
यस सेवाअन्तर्गत लगानीकर्ताले आवेदन गर्दा आफ्नो खाता रहेको शाखा कार्यालयबाट सी–आस्बा रजिस्टर नम्बर अनिवार्य रुपमा लिनुपर्ने बैंकले जनाएको छ।
प्रकाशित: २ फाल्गुन २०७४ ०१:२९ बुधबार