७ वैशाख २०८१ शुक्रबार
अर्थ

पर्यटनलाई समृद्धिको आधार बनाउने प्रतिवद्धता

अन्तरक्रिया कार्यक्रममा सहभागी माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही र नेकपा एमालेका नेता प्रकाश ज्वाला। नगेन्द्र उपाध्याय /नागरिक

सुर्खेत – यहाँका राजनीतिक दलहरुले ६ नम्बर प्रदेशको समृद्धिको आधार पर्यटन भएको बताएका छन् । उनीहरुले भन्सार, उद्योग, कलकारखाना नभएकाले प्रदेशको आम्दानीको स्रोत पर्यटन भएको भन्दै भौतिक पूर्वाधार निर्माण र दक्ष जनशक्ति उत्पादनमा लाग्ने प्रतिबद्धता जनाए।

‘६ नम्बर प्रदेशको समृद्धिका लागि पर्यटन यहाँको मूख्य आधार हो’ प्रदेशका भावी मुख्यमन्त्रीका रुपमा हेरिएका माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले भने, ‘पर्यटनको विकासका लागि यहाँको दीर्घकालीन गुरुयोजना बनाएर अघि बढ्छौं ।’ उनले प्रदेशको समृद्धि र विकासका लागि सबै राजनीतिक दल एक भएर अगाडि बढ्ने प्रतिबद्धता जनाए।

उनले प्रदेशका सबै पर्यटकीय क्षेत्रमा सहज ढंगले पुग्नका लागि ‘पाइफलाइन’ निर्माणलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राख्ने बताए । उद्योग, कलकारखाना र भन्सार नभएकाले हाम्रा लागि पर्यटन यहाँको समृद्धिको मूल आधार हो, उनले भने, ‘यसका लागि पर्यटकीय स्थलसम्म सहज ढंगले पुग्नका लागि भौतिक पूर्वाधार निर्माण गर्नु प्रदेश सरकारको पहिलो प्राथमिकता हुने छ।

मनघरी फाउन्डेसन र उद्योग वाणिज्य महासंघ ६ नम्बर प्रदेशले वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश ६ को पर्यटन विकासको अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा उनले ६ नम्बर प्रदेशका पर्यटकीय गन्तव्य रारा, शे–फोक्सुण्डो, छायाँनाथ, काँक्रेबिहार, बुलबुले, पञ्चकोसी, हिल्सालगायत क्षेत्रमा पूर्वाधार निर्माणमा लाग्ने बताए । शाहीले पर्यटनको विकासका लागि बहसभन्दा एक्सनमा जाने बेला आएको भन्दै रक क्लाइम्बिङ, हाइड्रो टुरिजम, एग्रो टुरिजम, हर्बल टुरिजमको विकास गरिने बताए।

नेकपा एमालेका नेता एवं प्रदेश सांसद प्रकाश ज्वालाले ६ नम्बर प्रदेशको समृद्धिका लागि पर्यटन र कृषि मूख्य आधार रहेको बताए । यो प्रदेश अन्र्तगतका १० वटै जिल्ला पर्यटकीय गन्तव्य हुन्, प्रचार–प्रसारको अभावले पर्यटक आर्कषित गर्न सकिएको छैन्, उनले भने, ‘सुरक्षित सडक, नियमित हवाई उडान हुन नसक्दा हामी ओझेलमा पर्दै गएका छौं।
 नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आन्तरिकभन्दा पनि बाह्य पर्यटकलाई आर्कषित गर्नुपर्ने धारणा राखे । प्रतिव्यक्ति आयमा योगदान पु¥याउने गरी पर्यटनको विकास गर्नुपर्ने उल्लेख गर्दै शाहीले भारत र चीनका पर्यटकलाई आर्कषित गर्नु अहिलेको आवश्यकता रहेको बताए । उनले यहाँको पर्यटन प्रवद्र्धनका लागि अल्पकालन, मध्यकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने बताए।

अब बन्ने प्रदेश सरकारले यहाँको पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्छ, उनले भने, प्रदेश सरकार र यहाँका नागरिकको आम्दानीको स्रोत नै पर्यटन हो।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का प्रमुख सचिव सुरेश प्रधानले प्रदेश ६ मा पर्यटकको तथ्यांकसमेत नभएकाले होटलको संख्या र क्षमता, पर्यटकको लगत आवश्यक रहेको बताए । उनले ६ नम्बर प्रदेशमा पर्यटन विकासको आधार नै नबनेकाले प्रदेश सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ६ का संयोजक पदमबहादुर शाही, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, समृद्ध मध्यपश्चिम अभियानका अभियन्ता धर्मराज आचार्य, मनघरी फाउन्डेसनका सल्लाहकार डा. रवीन खड्का, अध्यक्ष भरतबन्धु थापालगायतले बोलेका थिए।


 

 

प्रकाशित: २ फाल्गुन २०७४ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App