५ वैशाख २०८१ बुधबार
कला

सिरिरी हावा चलाउँदै गौरव र अनु

काठमाडौं– आगामी वैशाख १४ गते रिलिज हुने फिल्म ‘पसिना’को नयाँ गीत ‘हावा चल्यो सिरिरी’ सार्वजनिक भएको छ । श्रमिकको कथामा बनेको फिल्मले राजधानीमा मंगलबार पत्रकारमाझ गीत सार्वजनिक गरेको हो ।

नन–स्टप क्रियसनको ब्यानरमा आरबिके शरदले निर्देशन गरेको फिल्मको गीतमा अनु शाह र गौरव पहाडीले अभिनय गरेका छन् । निर्देशक शरदले सामाजिक र यथार्थ घटनालाई फिल्ममा उतार्ने प्रयास गरेको बताए ।
शान्ता ढकाल र सञ्जय महतोको लगानी रहेको फिल्ममा गौरव र अनुसँगै सरोज खनाल, रबी गिरी, ध्रुव कोइराला, जयनन्द लामा, सरोज अर्याल, सरिता राजोपाध्याय, सिर्जना अधिकारी, शिवशंकर रिजाल, सुरजनी केसी, शारदा गिरीलगायतको अभिनय छ ।

फिल्ममा राजनराज सिवाकोटी, थिरज राई र दीपक शर्माको संगीत, नविन निरौलाको सम्पादन, शिव विकको नृत्य, देव महर्जनको द्वन्द्व र राम केसीको छायांकन छ ।
 

प्रकाशित: २ फाल्गुन २०७४ ०२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App