६ वैशाख २०८१ बिहीबार
समाज

बैतडीमा चट्याङ लागेर २२ सैनिक घाइते

बैतडी – चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन्। 

मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए। 

उनले भने, “घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।” गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको सेनानी बानियाँले जानकारी दिए। 

बानियाँका अनुसार तालीममा रहेका सेनाका जवान एक्कासी चट्याङ लागेर घाइते भएका छन्। सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ। गम्भीर घाइते पाँचजनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको छ। 

प्रकाशित: २ फाल्गुन २०७४ ०४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App