७ वैशाख २०८१ शुक्रबार
समाज

रौतहटको विश्रामपुरमा झडप, प्रहरीद्वारा २१ राउण्ड अश्रुग्यास प्रहार

रौतहट – रौटहटको वृद्धावन नगरपालिकाको कार्यालय सार्ने विषयलाई लिएर विश्रामपुरमा झडप भएको छ । रौतहटमा १६ नगर र २ गाउँपालिका घोषणा भए पश्चात वृद्धावन नगरपालिकाको कार्यालय विश्रामपुरमा राखिएको थियो।

नगरपालिकाको कार्यालय विश्रामपुरबाट  पाँच किलोमिटर पश्चिम हरचाहा चोकमा सार्न  बैठक बसिरहेको बेला विश्रामपुरका स्थानीयले कार्यालय सार्न नदिने भन्दै अवरोध गरेपछि झडप सुरु भएको हो। 

गाउँ गाउँमा सिंहदरबार भनेर हाम्रो गाउँमा आएको कार्यालय हामी सार्न दिदैनौ भन्दै विश्रामपुरका स्थानीयले नगरपालिकाको कार्यालयलाई घेरा हाली तोडफोड गरिरहेका छन्। 

स्थानीयले कार्यालय तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २१ राउण्ड अश्रुग्यास प्रहार गरेको छ। सशस्त्र प्रहरीले १७ र नेपाल प्रहरीले ४ राउण्ड गरी २१ राउण्ड अश्रु ग्यास प्रहार गरिएको हाे। 

रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरलेले नगरपालिकाको कार्यलय विश्रामपुरबाट ५ किलोमिटर टाढा सार्न कार्यपालिको बैठक बसिरहेको समयमा विश्रामपुरका स्थानीयले बैठक अवरोध पार्न खोजेपछि झडप सुरु भएकोे बताए। उनका अनुसार स्थिति नियन्त्रणमा लिन १५० भन्दा बढी मात्रामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी खटाइएको छ। 

प्रकाशित: २ फाल्गुन २०७४ ०८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App