८ वैशाख २०८१ शनिबार
समाज

प्रहरीका सईले डिस्कोमा ‘पावर’ देखाएपछि...

काठमाडौं – मादक पदार्थ सेवन गरी डान्स क्लबमा झगडा गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, जनसेवामा कार्यरत नायब प्रहरी निरीक्षक (सई) राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। 

बुधबार बिहान १ बजेतिर मादक पदार्थ सेवन गरी सादा पोशाकमा दरबारमागस्थित ‘आई क्लब’ मा पसेका श्रेष्ठले क्लब सञ्चालक र त्यहाँ रहेका अन्य व्यक्तिसँग झगडा गर्नुका साथै होहल्ला गरेका थिए। सो क्रममा उनले हतियारसमेत प्रदर्शन गरेको आरोप लागेको छ । 

श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको काठमाडौं काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

प्रकाशित: २ फाल्गुन २०७४ १३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App