८ वैशाख २०८१ शनिबार
अर्थ

टेलिकमको सिबिए र सञ्चालक निर्वाचनमा गठबन्धन विजयी

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आधिकारिक ट्रेड युनियन निर्वाचनमा नेपाल दूरसञ्चार कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमको संयुक्त गठबन्धनले जित हात पारेको छ ।

माघ २९ गते एकै समयमा सम्पन्न भएको आधिकारिक ट्रेड युनियनको निर्वाचन र कर्मचारी प्रतिनिधि सञ्चालकको निर्वाचनमा संयुक्त गठबन्धनको तर्पmबाट नेपाल दूरसञ्चार कर्मचारी संघको लोगो र कर्मचारी प्रतिनिधि सञ्चालकमा साझा उम्मेदवार राजबहादुर रावलको विजयी भएको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त गठबन्धन अन्तर्गत नेपाल दूरसञ्चार कर्मचारी संघको केन्द्रीय अध्यक्षमा रावल छन् भने नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल टेलिकमको केन्द्रीय अध्यक्ष दामोदर केसी रहेका छन् ।  सिबिए निर्वाचन श्रम ऐन अनुसार दुई वर्षका लागि व्यवस्थापनसँग सामूहिक सौदाबाजी गर्नका लागि चुनिने आधिकारिक कमिटी हो । त्यसैगरी, कर्मचारी प्रतिनिधि सञ्चालक पनि सञ्चालक समितिमा दुई वर्षका लागि सम्पूर्ण कर्मचारीमध्येबाट चुनिएको व्यक्ति हुन पाउने प्रावधान छ ।

प्रकाशित: ३ फाल्गुन २०७४ ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App