७ वैशाख २०८१ शुक्रबार
ब्लग

प्रेमको अनुराग

मौनता देखियोस तर मुस्कानको राज होस, चञ्चलाता रहोस तर गम्भिरता कायम रहोस, यहि बीचवाट दुई ढुकढुकीबीच संवाद स्थापित होस। यहिनेर प्रेमको मिठो अनुराग प्राप्त हुन्छ । दुई हृदयको कोमल स्पर्स जहाँ भावनाको राज हुन्छ । प्रेमीलताको गहिराई मनको अन्तरस्कन्दवाट प्राप्त हुन्छ, जो आर्गनिक हुन्छ, स्वछन्द हुन्छ।

अनुभुतिको हदमा भावनाको प्रिय स्वकल्पना र प्राप्ती भन्दा पनि त्यागको चेतनशिल गहिराई जो क्षितिजभन्दा फराकिलो बन्न सकोस । प्रेममा न प्राप्ती को कुरा हुन्छ ? न मूल्यको हिसाबनै । हुन्छ त केवल अनुभुति । सस्तो चाहान स्वार्थ बन्छ जसले गर्दा प्रेमको सत्यलाई कमजोर बनाउँछ । प्रेम मनवाट निस्कन्छ, भावनमा जोडिन्छ, पवित्र हुन्छ र स्वतन्त्र  पनि । प्रेमले कुनै बन्दन रुचाउँदैन । तर विवाह दिमाखवाट हुन्छ, जो निर्देशनात्मक हुन्छ। जवरजस्त हुन्छ । सम्झौतवादी हुन्छ । प्रेममा विवाह जरुरी छैन ।  प्रेम छ त सवैथोक छ, प्रेम विनाका यावत प्रयास, सम्बन्ध केवल भोग विलासिताका हुन्छन । मनवाट जो निस्कन्छ त्यो जोगाई राख्न सक्यो भने सच्चा प्रेम बन्छ । जव–जव मिसावट थपिन थाल्छ तव कुरो विग्रदै जान्छ, स्वार्थ हाबि हुदैँ जान्छ । मनको भावलाई जस्ताको त्यस्तै ओकलौँ साच्चो प्रेम भएर स्थापित हुन्छ । प्रेमले कुनै बन्दन स्विकार्दैन र कुनै सिमानाको हद हुदैन। कतिपयले यि कुरा आर्दश मान्छ, वास्तावमा प्रेम आफै आर्दश हो, भलाद्मी रुपमो प्रस्तुती । कहिले काहि भ्रमले सत्यलाई थिचिदिन्छ। भ्रममा रमाउन निक्कै मज्जा हुन्छ । तर सत्य त सत्यनै हो । प्रेमलाई सत्यको समिपमा स्वीकार्नु जरुरी छ । जरवजस्तताले काहिपनि राम्रो गर्दैन ।

प्रेमको नाममा चेहेरा, सुख, अन्य विलाशिताल खोजीयो भने भने असत्य हावि हुन्छ । त्यो केवल स्वार्थ न हो। प्रेमले खुसि पक्कै सञ्चार गर्छ । प्रेम भावनाको तह हो, परिभाषा गर्न कठिन । केवल भोगाईको तहले निर्धारण गरेको छ। भावनाको कञ्चनता प्रेमको अभाषको प्रिय चित्र हो । प्रेमलाई अकासझै अनन्त , क्षिजीतझै फरकीलो, पहाडझै अटल, हिमाल झै कञ्चन मान्न पर्छ । सम्झनाको प्रिय, अप्रिय श्रृखला, आफ्नो पनको चिटिक्क परेको आभाष तन्द्रा देखि सपनीहरुका प्रिय भएर चलखेल गर्छन । जीवन हुनुको अर्थले, जीवन भोग्नुको साध्यले प्रेमको रेखाहरु कोरीन्छन। रहरले होईन, वाध्यताले पनि होईन संयोगले बाच्छ प्रेमको श्रृखलीत लय।

सँगै सिर जोडाएर, केशरासी चुमेको पवनसँग लुकामारी खेल्दै दुर क्षितीज निहालेर जीवनको सार्थकताको चित्र कोर्ने कसलाई रहर हुँदैन । प्रेम प्राकृतिक छ । जरुवाको मुलमा उम्रिएको पानी, पहाडका उचाईमा बगेको पवन, मनबाट निस्किएको भावना उत्तिकै कञ्चन छ । यो कञ्चनपनालाई विगारेको छ त्व केवल हाम्रो वानी, व्यहोराले । प्रेम सत्य, सार्थक र कञ्चन छ, वुझाईको भ्रम सत्य होईन । प्रेम गर्छु भनेर हुने होईन, चाहानाको रंग भन्दापनि अनुभुक्तिको श्रृखलाहो । मुस्कानको आभा होस या चुम्वनको प्रतिछाँया प्रेम जो प्रतित भएर प्रेमको जीवन्नता स्थापित हुन्छ । न देख्न सकिन्छ, लेख्नलाई शब्दनै प्रार्याप्त हुदैँन, न चाहेर पनि हुदैन, चाहेरमात्र नी सम्भव छैन । यहि भन्नेर भन्ने भन्दापनि भोगाईको गहता,भावनको हृदयता ठानौँ । प्रेम साटिनु जरुरी छ, नसाटिदैमा भेटिने भन्ने होईन । प्रेम आर्दश हो भन्नै पर्छ, साट्नै पर्छ जरुर छैन । आदर्शको आत्मासम्मान कोकिल बन्छ ।  आफै निस्कने हृदयको त्यो भाव हो जसले धनीगरिव, जाती, रंग, वर्ण केलाउँदैन । नाराहरु होलान, कथ्यहरु होलान सवै सत्य हुन्छ भन्ने कहाँ छ र ? प्रेममा प्रियताको सत्यता हुन्छ । जो अजम्बरी भनेर विश्वास गरिदैँ छ । हाम्रा आँखाहरु जसले देख्छ, जहाँ भ्रमहरु हुन्छन्, हाम्रो दिमाख सोच्छ, त्यहाँ स्वार्थहरु हुन सक्छ, मन जो छ जहाँवाट स्वच्छ प्रेमको आभाको उदय हुन्छ जो यर्थातको प्रतिक हो । बुझाइले अन्तर पार्ला, कथाहरुले फरक बनाउला, शब्दहरुले वेमेल गर्ला तर सत्य प्रेम आर्दश हो । जीन्दगीका फजितीहरु गहिराईमा पुग्नेहो भने फगत हुन, फजितीवाट जोगिएको प्रेम जो युगौँको प्रतिनिधित्व गर्छ । प्रेमगरेर हास्ने प्रति सम्मान छ । प्रेममा दु:ख हुदैँन, त्यहिभएर प्रेमलाई प्रेम हुन दिउँ, जीवनलाई जीवन हुन दिऔँ।

प्रकाशित: ११ फाल्गुन २०७४ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App