७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरीकै आँगनमा पसल चोरी

जाजरकोट – जाजरकोटमा प्रहरी चौकी नजिकै ३० मिटरको दुरीमा रहेका ३ वटा पसलमा चोरी भएको छ। प्रहरीको लापरवाहीका कारण ती पसलहरुमा चोरी भएको व्यवसायीहरुले आरोप लगाएका छन्।

जिल्ला सदरमुकामको मुख्य बजार भेरी नगरपालिका ३ ठाँटीबजारमा आइतबार विहान २ बजेतिर  एउटा सुन पसल, फेन्सी पसल र किराना पसलमा चोरी भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जगत स्वर्णकारको जगत ज्वैलर्सबाट साढे ४ लाख वराबरको सुन र चाँदी चोरी भएको छ।
दिपक खत्रीको किराना पसलबाट नेपाल टेलिकमका रिचार्ज कार्ड, नगद र अन्य सामान गरी ५६ हजार र रामबहादुर श्रेष्ठको फेन्सी पसल १० हजारको कपडा चोरी भएको प्रहरीले बताएको छ।

जाजरकोटका प्रहरी प्रमुख डीएसपी भावेस रिमालले प्रहरीकै आँगनमा रातको समयमा चोरी हुनु गम्भीर भएको र जिम्मेवारीमा लापरवाही गर्ने  अस्थायी प्रहरी चौकीका प्रहरीलाई कारवाही गरिने बताए।

एक सय मिटरको दुरीमा पनि सुरक्षा दिन नसकेको भन्दै प्रहरी सहायक निरीक्षक कर्णबहादुर चन्द र अन्य प्रहरीलाई आन्तरिक कारवाहीको तयारी भइरहेको छ। 

प्रकाशित: १३ फाल्गुन २०७४ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App