पूर्व सांसद रेणु चन्दले गरिन दोस्रो बिहे

बिहिबार, २४ फागुन २०७४, १४ : २७ कमलराज भट्ट


काठमाडौं - नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य एवं पूर्वसभासद रेणु चन्दले दोस्रो विवाह गरेकी छिन्। 

माओवादी नेता एवं कञ्चनपुरबाट निर्वाचित पूर्व सभासद टेकेन्द्र भट्टसँग काठमाडौं जिल्ला अदालतमा ६ वर्षअघि सम्बन्ध विच्छेद गरेकी चन्दले सोमबार काठमाडौंनिवासी चिरण मानन्धरसँग दोस्रो विहे गरेकी हुन्। पहिलो श्रीमान्बाट चन्दकी एक छोरी छिन्।

मानन्धर माओवादी निकट लेखक हुन्। क्षेत्रपाटीस्थित एक होटलमा जनवादी परम्पराअनुसारको सामान्य विवाह भएको चन्द निकट स्रोतले बतायो।  

चन्दको विहेमा माओवादी केन्द्रीय नेता कार्यकर्ता उपस्थित भएर बधाई तथा शुभकामना दिएका थिए। अध्यक्ष पुष्पकमल दाहाललाई निम्ता गरिएपनि उनी देखिएनन् ।  

बैतडी घर भएकी रेणु चन्दले जनयुद्धकालमै भट्टसँग जनवादी विहे गरेकी थिइन्। व्यक्तिगत जीवनमा असमझदारी बढेको भन्दै अलग्गिएका चन्द र भट्ट पहिलो संविधानसभामा सभासद थिए। २०६४ को निर्वाचनमा भट्ट कञ्चनपुर ३ बाट निर्वाचित भएका थिए भने चन्दलाई पार्टीले बैतडी २ बाट समानुपातिक सभासद बनाएको थियो। यता भट्टले यसअघि नै दोस्रो विहे गरिसकेका छन्। 

भट्टसँग ८ वर्ष लामो सहकार्य तोड्दै सम्बन्ध विच्छेद गर्दा रेणुले परिवारबाट राजनीति नगर्न दबाब आएपछि असमझदारी भई अलग भएको प्रतिक्रिया दिएकी थिइन्।






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

वैवाहिक समारोहमा किन रोए ह्यारी ?

वैवाहिक समारोहमा किन रोए ह्यारी ?

बेलायतका राजकुमार ह्यारीले शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विहे गरे। विहे गर्दा उनी खुसी हुनुपर्ने हो, तर केही भावुक देखिए।

अभिनेत्री निशा बनिन् अामा

अभिनेत्री निशा बनिन् अामा

अभिनेत्री निशा अधिकारी आमा बनेकी छन् । उनले फेसबुकमा नवजात शिशुको तस्बिर पोष्ट गर्दै बच्चाको स्वास्थ्य सामान्य रहेको उल्लेख गरेकी...

‘जान्ह्वी भविष्यकी स्टार’

‘जान्ह्वी भविष्यकी स्टार’

अमेरिकामा बस्दै आएका नेपाली फेसन डिजाइनर प्रबल गुरुङ हलिउडका सेलिब्रेटीका रोजाइका डिजाइनर हुन्। उनको डिजाइनमा पूर्व अमेरिकी प्रथम महिला मिसेल...

तीन भाषामा चाम्लिङ शब्दकोष

तीन भाषामा चाम्लिङ शब्दकोष

धेरै भाषा लोप हुँदै गइरहेको बेला किरात राई चाम्लिङ खाम्वातिमले चाम्लिङ भाषाको शब्दकोष प्रकाशन गरेको छ। ...