७ वैशाख २०८१ शुक्रबार
समाज

हतियारसहित दुई भारतीय पक्राउ

बारा – ईटालियन पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। बारा प्रहरीले भारत बिहार पूर्वीचम्पारण जिल्ला छौडादानो एकडरी २ का चन्दनकुमार जैसवाल र जितना ग्राम सुन्दरपुर ४ का संजय कुमारलाई नियन्त्रणमा लिएको हो। 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाराले आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ। पक्राउ परेका दुबै जनाको साथबाट एक थान ९ एमएमको इटालीयन पेस्तौल र त्यसमा लाग्ने २ राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका  प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए।  

आइतबार बिहान साढे सात बजे बेल्दारी नाका हुदै भारततर्फ जाँदै गरेको उनीहरु सवार प्रखण्ड प्रवक्ता जनअधिकार युवा परिषद छौडादानो लेखिएको डीएल २ सी क्यू ४०५३ नम्बरको भारतीय कारलाई सशस्त्र प्रहरी निरीक्षक विष्णु कुमार बिसिको टोलीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई नियन्त्रणमा लियर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०७४ १२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App