८ वैशाख २०८१ शनिबार
समाज

तस्करीको मरिच बरामद

बारा – भारततर्फ अवैधानिक रुपमा लैजादै गरेको ठुलो परिमाणको मरीच बारा प्रहरीले नियन्त्रणमा लिएको छ। सीमावर्ती नाका तर्फ शनिबार पिकअप भ्यानमा लैजादै गरेको ५० बोरा मरीचलाई बारा प्रहरीले नियन्त्रणमा हो। प्रहरीले आइबार पत्रकार सम्मेलन गर्दै नियन्त्रणमा लिइएको मरीच सार्वजनिक गरेको छ। 

बाराका प्रहरी उपरिक्षक राजकुमार वैदवारले प्रहरीलाई प्राप्त सूचनाका आधारमा ना ४ च ३७९७ नम्बरको पिकप भ्यान सहित मरीच नियन्त्रणमा लिइएको बताए। ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्शका प्रहरी सहायक निरिक्षक श्यामकिशोर यादव नेतृत्वको टोलीले मरीचसहित भ्यान चालक सर्लाही हरिवन नगरपालिका ८ का दिपक पोख्ररेललाई पक्राउ गरेको हो। मरीच र चालक सहित पिकअप भ्यानलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रिय कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ। 

अनुसन्धानबाट नियन्त्रणमा लिइएको मरीच तेश्रो मुलुकबाट नेपाल भित्र्याइएको र नेपालबाट अवैध बाटो हुदै भारत पु-याउन लागिएको खुल्न आएको प्रहरीले जनाएको छ। अवैध कार्यमा सिमावर्ती क्षेत्रमा विभिन्न फर्म संचालन गरेका व्यापारीहरु संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ। 

तेश्रो मुलुकबाट नेपाल भित्र्याइएको मरीचलाई तस्करहरुले सिमावर्ती नाकासम्म पुर्याउने र त्यहाँबाट सुरक्षाकर्मीको उपस्थिति नभएको नाका हुदै रातारात भारत पु¥याउने गरिएको खुल्न आएको प्रहरीले जनाएको छ। चोरबाटोको प्रयोग गर्दा नियन्त्रण गर्न गाह्रो भएको प्रहरीले जनाएको छ। 
 
भारतमा कालो मरीचको भाउ राम्रो पाइने भएकाले नेपालमा सस्तो रहेको मरीच तस्करहरुले भारत तर्फ चोरी निकासी गर्ने गरेका छन्।  दुई महिना अघी पनि प्रहरीले भारत तर्फ लैजादै गरेको अवस्थामा १ सय, दश बोरा मरीच पक्राउ गरेको थियो।

प्रकाशित: २७ फाल्गुन २०७४ १४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App