८ वैशाख २०८१ शनिबार
अर्थ

तस्करीको मरिच बरामद

तस्करीमा प्रयोग पिकअप भ्यानमा लोड गरिएको मरिच । तस्बिर : नागरिक

बारा – बारास्थित प्रहरी टोलीले भारततर्फ अवैध रुपमा लैजादै गरेको ठूलो परिमाणको मरिच नियन्त्रणमा लिएको छ। शनिबार सीमावर्ती नाकातर्फ पिकअप भ्यानमा लैजादै गरेको ५० बोरा मरिच प्रहरीले नियन्त्रणमा लिएर आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। 

पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरिक्षक राजकुमार वैदवारले शनिवार दिउँसो आएको सूचनाको आधारमा पटेर्वाबाट मरिच लोड गरी भारततर्फ गइरहेको पिकअप भ्यानलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा मरिच बरामद भएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन्।

उनले ना ४ च ३७९७ नम्बरको पिकप भ्यानसहित मरिच नियन्त्रणमा लिएको बताए । इलाका प्रहरी कार्यालय महेन्द्र आदर्शका प्रहरी सहायक निरीक्षक श्यामकिशोर यादव नेतृत्वको प्रहरी टोलीले मरिच लोड गरेको पिकअपसहित चालक सर्लाही हरिवन नगरपालिका–८ का दिपक पोख्ररेल पनि पक्राउ परेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। 

नियन्त्रणमा लिइएको मरिचबारे अनुसन्धान गर्दा तेस्रो मुलुकबाट नेपाल भित्र्याएको मरिच अवैध बाटो हुँदै भारत पुर्याउन लागिएको खुल्न आएको र यसमा सीमावर्ती क्षेत्रमा विभिन्न फर्म सञ्चालन गरेका व्यापारी संलग्न रहको उनले बताए। 

तेस्रो मुलुकबाट नेपाल भित्रिएको मरिचलाई तस्कर समूहले सिमावर्ती नाकामा पुर्याउने गरेको र त्यहाँबाट सुरक्षाकर्मीको उपस्थिति नभएको नाकाबाट रातारात भारत पुर्याउने गरिदा प्रहरीलाई चुनौती थपिएको प्रहरी उपरीक्षक वैदवारले बताए। 

विगत केही दिनदेखि तस्कर समूहले लुकीछिपी बाराका विभिन्न नाका हुँदै मरिच भारततर्फ लैजादै गरेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाउँदा शनिबार पिकअप भ्यानसहित मरिच पक्राउ गर्न सफल भएको उपरीक्षक वैदवारले बताए। 

भारतमा कालो मरिचको भाउ बढी र नेपालमा सस्तो रहेकाले सीमा नजिकै रहेका तस्करहरुले भारततर्फ चोरी निकासी गरिरहेको प्रहरीले जनाएको छ। दुई महिनाअघि एक सय १० बोरा मरिच नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। 

प्रहरीले आइतबार कारवाहीका लागि मरिच र चालकसहित पिकअप भ्यानलाई राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया बारा  पठाएको प्रहरीले जनाएको छ। 

 

प्रकाशित: २८ फाल्गुन २०७४ ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App