७ वैशाख २०८१ शुक्रबार
समाज

प्रधानन्यायाधीशलाई नैतिक संकट: चोलेन्द्रले गरे पराजुलीको बेञ्च बहिष्कार

बाँया न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र दायाँ प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली ।

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको बेञ्च बहिष्कार गरेका छन् । 

राणा आज एक्लै आएर लिखित आदेश जारी गर्दै भने, ‘ म उहाँ (पराजुली) को  इजलाशमा बसेर न्याय गर्नसक्ने अवस्था छैन । उहाँ रिटायर्ड भइसकेको व्यक्ति हो । म उहाँको इजलाशमा छैन ।’ राणाले अगाडि भने, ‘उहाँ (पराजुली)ले च्याम्बरमा देखाएका विवरण अनुसार साउन २१ मै रिटायर्ड भइसकेको व्यक्ति हो।’

अदालतको अवहेलना बारेमा डा. गोविन्द केसी र कान्तिपुर दैनिक विरुद्धका मुद्दाहरुको सुनुवाई बृहत पूर्ण इजलाशमा भइरहेकामा सोही इजलाशका सदस्य जबराले आफू पराजुलीको इजलाशमा नभएको जानकारी दिए । न्यायाधीश राणाको यो कदमसँगै सात जना न्यायाधीश रहेको बृहत पूर्ण इजलाश भंग भएको छ । आजको इजलाशमा अन्य न्यायाधीशहरु भने आएनन् ।

राणा आज एक्लै आएर लिखित आदेश जारी गर्दै भने, ‘ म उहाँ (पराजुली) को  इजलाशमा बसेर न्याय गर्नसक्ने अवस्था छैन । उहाँ रिटायर्ड भइसकेको व्यक्ति हो । म उहाँको इजलाशमा छैन ।’ राणाले अगाडि भने, ‘उहाँ (पराजुली)ले च्याम्बरमा देखाएका विवरण अनुसार साउन २१ मै रिटायर्ड भइसकेको व्यक्ति हो।’

प्रधानन्यायाधीश पराजुलीका भिन्न भिन्न जन्ममिति, शैक्षिक प्रमाणपत्रको आधिकारिताका विषयमा समाचार प्रकाशित भएपछि अदालतको अवहेलना भएको भन्दै पत्रिका विरुद्ध अवहेलनाको मुद्दा लगाइएपछि अन्य न्यायाधीशहरु सन्तुष्ट थिएनन् ।

प्रकाशित: २८ फाल्गुन २०७४ ०७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App