८ वैशाख २०८१ शनिबार
समाज

कर्णालीका सडकमा सुरक्षा चुनौती

सडक असुरक्षा बढ्न थालेपछि ट्राफिक नियम सिकाउँदै जुम्ला ट्राफिक प्रहरी। तस्बिरः नागरिक

जुम्ला – एक साताअघि गुठिचौर गाउँपालिका खल्लावाडाकी २७ वर्षिया हिरा अधिकारीलाई ना ६ त २५७२ नम्करको टयाक्टरले ठक्कर दिँदा मृत्यु भयो। बालिकालाई बचाउन जादा उल्टै उनलाई टयाक्टरले ठक्कर दियो। प्रत्यक्षदर्शीका अनुसार टयाक्टरले किच्दा घाइते भएकी अधिकारीलाई फेरी व्याँक गरेर किच्दा मृत्यु भएको हो। साघुरो सडकका कारण सवारी आवागमनमा समस्या हुने गरेको स्थानीय बताउँछन।  

गत आइतबार ना ४ ख ७२४३ नम्बरकोे बसको ठक्करबाट तातोपानी गाउँपालिका– २ सुन्दरगाउँकी २७ वर्षीया माया सार्कीको मृत्यु भयोे। स्पिडमा गइरहेको बसले हर्न लगाउदा माया नेपाली तर्सेर सुरक्षित स्थान तिर जान खोज्दा बसले किच्यो। उनी उल्टै असुरक्षित भईन र उनको घटनास्थलमै मृत्यु भयो। उनको मृत्युले आक्रोशित स्थानीयले कर्णाली राजमार्ग २ दिनसम्म ठप्प पारे। प्रहरीले कैलालीको टीकापुर– ६ घर भएका बस चालक देब विसीलाई पक्राउ गरेको छ।

यी घटना त उदाहरण मात्र हुन। यस्ता कैयन घटना कर्णालीका सडकमा भइराखेका छन्। कर्णाली राजमार्गको विभिन्न खण्डमा सडक वारपार गर्दा स्थानीयले बिचार नपुर्याउनु, जोखिमपूर्ण सडकमा चालकले तिव्र गतिमा सवारी साधन हाक्नु, पशुचौपाय स्थानीयले सडकमा छोड्नु र सडकमा आवतजावत गर्दा ख्याल नगर्दा कर्णालीका सडक निकै असुरक्षित बनेका हुन्।  कर्णालीका सडक निकै साघुरा भएकोले मोडहरुमा मोड्नदेखि दुईवटा सवारीसाधनलाई क्रस गर्न निकै गाह्रो पर्छ। सडकमा ट्राफिक चिन्ह नहुनुले पनि सवारी आवागमनमा समस्य आउने गरको छ।

साघुरो सडक बनेको छ,सवारी थपिएका छन, त्यहीबाटोको उपयोग गर्न नसक्दा असुरक्षा बढ्न जाने गरेको छ, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले भने,यातायात व्यवस्था कार्यालयका कर्मचारी, यातायात समिति र जिल्ला ट्राफिक कार्यालयको समन्वयले मात्रै सडक असुरक्षालाई घटाउन सकिने अवस्था छ। उनले भने दुर्घटना हुने भन्दा पनि दुर्घटना गराउने व्यक्तिलाई हदै सम्मको कार्वाही गर्ने कानुन स्थानीय तहमा बन्न जरुरी छ।

सडक असुरक्षित हुनुमा चालकको लापरवाही र यात्रुको कमजोरी पनि छ,जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख असई माधव रावत,चाडो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ भन्ने मान्यतालाई यहाँका यात्रु, सवारीचालक र सवारी धनीलाई स्थापित गराउन जरुरी छ। उनले जिल्लामा सडक सुरक्षाका लागि ट्राफिक कार्यालय जुम्लाले अपनाउनुपर्ने सबै प्रकारका जुक्तिबुद्धि अपनाईसकेको बताए। सबैभन्दा पहिले स्थानीय जागरुक हुन जरुरी छ, सवारीधनीलाई सवारीसाधनको महत्वका बारेमा अवगत हुन जरुरी छ अनिमात्र सडक सुरक्षाको सवस्था सुध्रने देखिन्छ।

उनका अनुसार सवारीचालकलाई क्षमता भन्दा बढी यात्रु नहाल्न,यात्रा गर्नुअघि गाडीको अवस्था बुझ्न,उनले भने, गाडीको अभाव देखाउँदै जहिले पनि हतार गर्ने मानसिकताले कर्णालीका सडकमा दुर्घटना निम्तने खतरा बढेको हो ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सडक सुरक्षाको योजना अनुसार चौबिसै घण्टा सडक अनुगमन हुने, चालकलाई लापरवाही हटाउने र व्यवहारमा परिवर्तन ल्याउने खालका कार्यक्रम अघि बढाउने बताए। उनले भने, कर्णालीका सडकमा सुरक्षित रुपमा यात्रा गर्न सकिन्छ भन्ने उदाहरण कर्णालीबाटै दिन सकिन्छ।

यता कर्णाली यातायात समितिले पनि चालकलाई ९ बुदे निर्देशन दिएको छ। कुनैपनि ट्राफिक नियम उलंघन हुनेगरी सवारी नचलाउने,यात्रुको सुरक्षित पूर्वक यात्रा गर्न पाउने अधिकार सुनिश्चित हुने गरि निर्देशन जारी गरिएको छ। यसै साता जुम्लामै तिनवटा सडक दुर्घटनाबाट ५ जनाको ज्यान गईसकेकोछ। यहाँका स्थानीय तहले मापदण्ड अनुसारको सडक निर्माण गर्नुपर्ने र प्रत्येक स्थानीय तहले ट्राफिक नियमको पालना गर्नको लागि सचेतनाका क्रियाकलाप गर्नुपर्नेमा जोड दिइएको छ।

चालू आर्थिक वर्षमा मात्रै १० वटा दुर्घटना भएकोमा ९ जनाको मृत्यु भईसकेको छ। ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रमुख रावतका अनुसार यो वर्ष ट्राफिक नियम उलंघन गर्ने १ हजार ५१ जनालाई कार्वाही गरिएकोमा  ६ लाख ७१ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ।

प्रकाशित: २९ फाल्गुन २०७४ ०९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App