४ वैशाख २०८१ मंगलबार
समाज

विमान दुर्घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– बांग्ला विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ। मंगलबार साँझ ठमेलमा ठमेल पर्यटन विकास परिषद्को आयोजनामा मैनबत्ती बालेर मृतकप्रति श्रद्धाञ्जलि दिइयो। 

परिषद्का अध्यक्ष समीर गुरुङले सम्पूर्ण व्यवसायीका तर्फबाट मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वाथ्य लाभको कामना गरे। दुर्घटनाको छानविन गर्न समिति गठन भइसकेको भन्दै उनले चाँडो भन्दा चाँडो छानविन गरेर दुर्घटनाको कारण सार्वजनिक हुनुपर्ने माग गरे। यस्तो दुःखद घटना दोहोरिन नदिन सम्बन्धित निकायले सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ।  

दीप प्रज्वलन कार्यक्रममा पूर्वअध्यक्ष रामशरण थपलिया, वर्तमान सचिव दावाङ तामाङ, सल्लाहकार वकिल बम, परिषदका पदाधिकारी, पर्यटन व्यवसायी, स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य सहभागिता थियो।

ढाकाबाट ६७ यात्रु र ४ चालक दलसहित ७१ जना बोकेर काठमाडौं आएको यूएस बांग्ला एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रेनवेमा चिप्लिएर दुर्घटनाग्रस्त हुन पुगेको थियो। दुर्घटनामा परी ४९ जनाको मृत्यु भइसकेको छ। जसमा पर्यटन व्यवसायी र मेडिकल विद्यार्थी छन्। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App