coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

हुम्लामा हिउँ, जनजीवन प्रभावित (फोटो फिचर)

हुम्ला – हुम्लामा विहीबार बिहानबाट हिमपात भएको छ। विहीबार दिनभरी हिमपात हुँदा जनजीवन प्रभावित  बनेको छ।

हिमपात भएपछि कृषक हर्षित भएका छन्। हुम्लामा यो चौथो पटक हिमपात भएको हो। चौथोपटक हिमपात भएपनि हिउदमा जति हिउ पर्नु पर्ने हो त्यो अनुसार पर्न नसकेको स्थानियवासीको भनाई छ।

हिमपातले किसान खुसी भए पनि यातायातको एक मात्र माध्यम सिमकोट विमानस्थल बन्द हुँदा सुर्खेत र नेपालगंजबाट कुनै उडानमा समस्या आएको छ। 

हिमपातसंगै चिसो वढेपछि वृद्धवृद्धा र बालबालीकालाई थप समस्या भएको छ। यहाँको न्यूनतम तापक्रम माइनस १० डिग्री सेल्सीयसमा झरेको छ। अहिले सदरमुकाम सिमकोटमा ५ इन्च हिउँ जमेको छ। हुम्लामा हिउँ पर्दा हिमाल सेताम्मे देखिन थालेका छन्।

तस्बिर सबै जनकबहादुर शाही

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App