coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जग्गा विवादमा काकाको हत्या

कुर्मीको हत्या अभियोगमा पक्राउ परेकाहरुलाई बारा प्रहरीले सार्वजनिक गर्दै । तस्बिर : नागरिक

बारा– जग्गा बिबादमा एक जनालाई हत्या गरेको अभियोगमा बारा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर शुकवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

प्रसौनी गाउपालिका १ बस्ने गणपत राउत कुर्मीको हत्या अभियोगमा भतिजो प्रमोद पटेल, भाई बुहारी सिता देवी पटेल र ज्वाई बिनोद पटेललाई प्रहरीले नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा बाराका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी गराएका छन्।

पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक साहले मृतक कुर्मीसँग सावा तीन धुर घडेरी जग्गाको बर्षौदेखि बिबाद रहेको अनुसन्धानबाट खुलेको बताए। बिहीवार ती बिबादित घडेरी जग्गाको बारेमा दुबै पक्षबीच झडप हुन पुगेको र ती झडपमा मृतकलाई पक्राउ परेकाहरुले लाठी र मुक्काले र्हिकाएको साहले बताए। 

लाठी र मुक्का प्रहारबाट घाइते भएका कुर्मीलाई उपचारको क्रममा लैजादा बीच बाटोमा मृत्यु भएको  उनले बताए। पक्राउ परेकाहरुले मृतकलाई मार्ने उद्देश्यले नभए तर्साउनको लागि समान्य कुटपिट गरिएको अनुसन्धानको क्रममा बयान दिएका डीएसपी साहले जनाए। 

नियन्त्रणमा रहेका तीनै जनामध्ये घटनामा कसको बढी संलग्नता रहेकोबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाराका मुद्दा फाँटका प्रहरी निरीक्षक वीरेन्द्र विकले बताए। मृतक कुर्मी काँग्रेस निकट कार्यकर्ता रहेका स्थानीयले बताएका छन् भने पक्राउ परेकाहरु माओवादी केन्द्रका कार्यकर्ता रहेको स्थानीयले बताएका छन्। 

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएकाहरुलाई अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक साहले बताए। 

प्रकाशित: २ चैत्र २०७४ १२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App