गणेश लामालाई रिहा गर्न कांग्रेसको माग

शुक्रबार, ०२ चैत २०७४, १९ : ४४ नागरिक


काठमाडौं– नेपाली कांग्रेस काभ्रेले युवा नेता गणेश लामालाई तत्काल रिहाई नगरिए सडक र सदन दुवैमा शक्ति प्रदर्शन गर्ने चेतावनी दिएको छ। 

रिपोर्टर्स क्लबमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले शुक्रबार पत्रकार सम्मेलन गरी लामालाई बुधबार साँझ राजधानीको गौशालाबाट पक्राउ गरी सुनियोजित ढंगले फसाउन खोजेको आरोप लगाउँदै तत्काल रिहाई गर्न माग गरेको छ।  
कांग्रेस जिल्ला सभापति मधु आचार्यले नागरिकको सुरक्षाको लागि कांग्रेसले जुनसुकै कदम चाल्ने बताए। 

उनले भने, ‘हामी यस कार्यप्रति घोर भत्र्सना गदछौँ, कांग्रेसका युवा नेता गणेश लामा शारीरिक ब्यायामबाट घर फर्किदै गर्दा गौशाला नजिक उनीमाथि गोली प्रहार भयो, भाग्यवश उनलाई गोली लागेन, उनीमाथि गोली प्रहार गर्नेलाई प्रहरीले समातेन, तर गणेशजीलाई हात हतियारसहित लामा पक्राउ गर्यौँ भनेर प्रहरीले सूचना जारी गर्यो, यो भन्दा गैर–जिम्मेवारी कुरा के हुन सक्छ ? लामाले आफूमाथि गोली हान्नेलाई समात्न खोज्दा उनीहरु भागे, प्रहरीले भाग्नेहरुलाई नसमातेर लामालाई मात्रै समात्यो, गोली हान्ने मानिस भाग्छ, प्रहरीले लामालाई षड्यन्त्रपूर्वक समात्छ, प्रहरीले देखाएको यो कस्तो नाटक हो?’

उनले अघि थपे, ‘हामीले त्यो समयका प्रत्यक्षदर्शी र सिसिटिभी क्यामेरामा कैद भएका फुटेज हेर्दा सदधा पोशाक लगाएका प्रहरीले नै लामामाथि गोली हानेको शंका गरेका छौँ, यस्तो स्थिति हो भने मन नपरेका मानिसलाई अधिनायकवादी सरकारले प्रहरी प्रशासन लगाएर मार्ने अनि संविधान प्रदत्त नागरिकले बाँच्न पाउने हकमाथि कुठाराघात गर्ने अनि कसरी हामीले सरकारको विश्वास गर्ने ?’

षड्यन्त्रपूर्वक गोली हानी हत्या गर्ने उद्देश्यले प्रहरीले नै गोली हानेको दाबी गर्दै कांग्रेस काभ्रेका सचिव दिनेश लामाले गणेश लामालाई विना शर्त रिहाईको माग गरे। 

उनले भने, ‘राज्य शक्तिको दुरुपयोगको बाटोमा गएको छ, यस्तो स्थितिमा हामीले कसको विश्वास गर्ने, कसको भर पर्ने, सरकार नै गुण्डागर्दीको शैलीमा जनतामाथि आक्रमण गर्ने मनस्थितिमा उत्रेको छ यो कांग्रेसलाई स्वीकार्य हुँदैन।’






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

धेरै सफल, थोरै असफल

धेरै सफल, थोरै असफल

राजधानीमा जारी राष्ट्रिय कला प्रदर्शनीले यतिबेला मिश्रित चर्चा पाइरहेको छ । नेपाल कलापरिषदमा जारी कला प्रदर्शनीमा राम्रा पक्षहरूको पारखीहरूले प्रशंसा...

भूकम्पको असर देखाउने ‘द डार्कनेस बेकन’

भूकम्पको असर देखाउने ‘द डार्कनेस बेकन’

तीन वर्ष अघिको बिनाशकारी भूकम्पपछि सिन्धुपाल्चोककी एक बालिकाको जीवनमा आएको उतारचढावलाई प्रमुख विषय बनाएर निर्माण गरिएको फिल्म ‘द डार्कनेस बेकन’को...

सर्वनाममा ‘परिवन्द’

सर्वनाममा ‘परिवन्द’

राजधानीको कालिकास्थानमा रहेको सर्वनाम नाटकघरमा हाल नाटक ‘परिवन्द’ धमाधम मञ्चन भईरहेको छ । नेपालको पूर्वी पहाडको ग्रामीण भेगको कथा प्रस्तुत...

खगेन्द्रको ‘डण्डिबियो’ फ्ल्यासब्याक

खगेन्द्रको ‘डण्डिबियो’ फ्ल्यासब्याक

स्याङ्जामा जन्मिएर त्यही हुर्किएका अभिनेता खगेन्द्र लामिछानेले कक्षा ५ सम्म पढ्दा डण्डिबियो राम्रैसँग खेले । नेपालकै राष्ट्रिय खेलका रुपमा सरकारले...