१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कक्षा ८ मा ४ विद्यार्थी मात्रै

जुम्ला– सरस्वती मावि तल्फीमा अध्ययनरत सरिता बोहोरा कक्षा ८ मा नियमित स्कुल आउने छात्रा मध्येकी एक हुन। शिक्षामा गुणस्तर र विद्यार्थी आकर्षण गर्ने विद्यालयको क्रियाकलाप उनको चाहना हो। नियमित विद्यालय आउने, सबै विषयमा पढाई हुनुपर्ने उनको जोड रहन्छ। तर पढेर भविष्य कोर्ने उनको सपना अघि बढ्न सकेको छैन। शिक्षक र विद्यार्थीको अनुस्थितीले चाहेको जस्तो पढ्न  नसकेको उनी बताउँछिन। उनले भनिन, ‘सरकार गुणस्तरीय शिक्षाका पक्षमा वकालत गर्छ, दुगर्मका शिक्षक घरमा विदा वस्ने कुरा गर्छन। विद्यार्र्थी शिक्षक आउँदैनन्, स्कुल नजाऔ भन्छन। विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनको लापरवाहीका कारण विद्यार्थी र शिक्षक नियमित विद्यालयमा आउदैनन्। उनका अनुसार कक्षा ८ मा १८ जना विद्यार्थी भएको ४ जना मात्रै नियमित आउँछन्। 

कक्षा ८ कै सुशीला कामी दुर्गमको विद्यालय शिक्षकको टाईमपास गर्ने माध्यम बनेको छ। शिक्षक स्कुलमा नआउँदा विद्यार्थीको स्कुल आउने दर घटेको हो। माध्यमिक विद्यालय भएपनि शिक्षक नआउँदा कक्षा ९ र १० का विद्यार्थी स्कुल जाँदैनन्। नयाँ शैक्षिक सत्र शुरु भएको एक महिना वितिसक्दा समेत स्कुलमा राम्रो सित पढाई हुन सकेको छैन। विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनको चरम कमजोरीका कारण समस्य आउने गरेको अनुभव सुनाउँछिन। 

निमित्त प्रधानाध्यापक सुभद्रा अर्याल दुर्गममा चेतनाको अभाव अझै कायमै रहेको वताउँछिन। विद्यार्थीलाई घरको काममा अभिभावकले लगाउने गर्छन, स्थानीय शिक्षक घरको काममा जान्छन,’ उनले भनिन, ‘यहाँका विधार्थी कोर्ष नसकाएर परीक्षा दिन बाध्य हुन्छन। सरकारले छात्रवृत्ति र खाजाको व्यवस्थापन गरेर विद्यार्थीलाई आकर्षण गर्ने काम गर्दै आएको छ। विद्यालयमा ४ सय १६ जना विद्यार्थी छन। तर दुई सय विद्यार्थी पनि नियमित आउँदैनन। भर्नादरमा विद्यार्थी संख्या धेरै खाएपनि नियमित स्कुल आउने विद्यार्थी संख्या निकै कम देखिएको अभिभावक बताउँछन। दरबन्दीका ५, राहतका ३ र निजी शिक्षक गरेर १६ जना शिक्षक छन। अहिले ८ जना शिक्षक मात्रै हाजी भएका छन। शिक्षक डम्बरबहादुर महत माध्यमिक विद्यालयका शिक्षक छैनन्। एक जना शिक्षक विरामी परेकोले निमावि र प्राविको शिक्षकले गुजारा चलाउने गरेको बताउँछन। 

आधारभुत विद्यालय स्तर सम्मको पढाई जेनतेन भइरहेको छ। तर माविको पढाई अघि बढ्नसकेको छैन। स्थानीय तहले शिक्षकको लापरवाहीको नियन्त्रण गर्न नसकेको स्थानीय बताउँछन। तत्काल सबै शिक्षक उपस्थित गराई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यार्थी र अभिभावकले माग गरेका छन्। 

यो सरस्वती मावि उदाहरण मात्र हो। दुर्गमका अधिकांश विद्यालयमा शिक्षक नहुँदा विद्यार्थीले पुरै समय पढ्न पाउँदैनन। सबैजसो विद्यालयमा स्थानीय शिक्षकको पहुँच भएकोले पढाईमा लापरवाही बढेको हुन सक्ने जानकारहरु बताउँछन। अधिकांश विद्यालय शैक्षिक सत्र शुरु भएको एक महिनासम्म पनि खुल्न सकेको छैनन। अहिलेसम्म शिक्षक आउन सकेको छैनन्। 

प्रकाशित: ३ चैत्र २०७४ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App