८ वैशाख २०८१ शनिबार
समाज

नमुना वस्ती  वनाउन जुटे युवा

जुम्ला –  तातोपानी गाउँपालिका २ जर्मी गाउँका युवा नमुना गाउँ वनाउने अभियानमा जुटेका छन्। उच्च शिक्षा हासिल गर्न नपाउँदै युवाहरुले गाउँ छोड्ने गरेको गुनासो आइरहेका वेला यहाँका युवा आफ्नो गाउँ आफै वनाउँ अभियानमा सक्रिय भएका हुन्। 

गाउँमा हुने विभिन्न विकृति विसंगतीलाई हटाई समृद्ध समाज निमार्ण गर्ने सकल्पका साथ अभियानमा जुटेको संवेदनशिल युवा तथा समाज सुधार समितिका अध्यक्ष लालवहादुर वुढाले जानकारी दिए। समितिले समृद्धीका लागि योजना निर्माण गरी कार्यन्वयन गर्दै आएको बुढाले बताए। उनले समितिले गाउँमा हुने विकास निमार्णका कामदेखि गाउँघर सरसफाई, जुवातासको अन्त्य, मदिराजन्य पदार्थको निगरानी लगायतका काम युवाहरुले गरिरहेको बताए। गाउँमा रहेको तातोपानी धाराको उचित व्यवस्थापमा पनि युवाहरु जुटेका छन्।
 
गाउँमा हुने प्रत्येक योजनामा युवा सहभागितालाई जोड दिँदै आएको अध्यक्ष बुढा बताउँछन्। ‘युवाहरुको योजना अनुसार महिनाको पहिलोे शनिवार गाउँघर सरसफाई कार्यक्रम हुन्छ। उनी विगत दुई वर्ष पहिले खानेपानी आयोजनामा भएको अनियमितताको पर्दाफास गर्र्दै रकम उपभोक्तालाई वाड्ने तयारीमा छन्। अध्यक्ष बुढाले भने, ‘समाजमा सुशासन कायम गर्न युवाको महत्वपुर्ण भुमिका छ।’   

युवाहरु एकजुट भएर समाज रुपमान्तरणमा लाग्नु राम्रो पक्ष भएको स्थानीय धनवहादुर बुढा बताउँछन्। गाउँमा बृक्षारोपण, आयोजाना अनुगमन, सरसफाई चेतना अभिवृद्धि लगायतका विभिन्न विषयमा जनचेतना दिने योजना युवा समितिले अघि सारेको छ। गाउँमा हुने विकास निमार्णमा युवाले अहम भूमिका निर्वाह गर्ने गरेको समितिका उपाध्यक्ष लालचन्द्र चनारा वताउँछन्।  समितिले प्रत्येक शनिबार कुनै नयाँ योजना बनाउँ छ। सोही अनुरुप समितिले चैत महिनाको पहिलो शनिबारबाट आफ्नो गाउँ आफै वनाउँ अभियान सुरु गरेको छ। 

प्रत्यक महिनाको १ गते बैठक बसी महिना भरीका कार्ययोजनाका विषयमा छलफल हुने सचिव हस्त बुढाले बताए। समितिले मासिक बचत गर्ने, प्रत्येक आयोजनाबाट केही प्रतिशत बजेट छुटाएर सामाजिक कार्यमा लगानी गर्ने योजना बनाएको छ। एक वर्ष भित्र जर्मी गाउँ समृद्ध बनाउने लक्ष्यका साथ काम भइरहेको बताइएको छ।

प्रकाशित: ४ चैत्र २०७४ ०५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App