७ वैशाख २०८१ शुक्रबार
शिक्षा

पुरानै पाठयपुस्तकको भर

जुम्ला – छुमचौरकी सरिता वोहोरा नयाँ शैक्षिक शत्र सुरु भएको एक महिना वितिसक्दा पनि पुरानै पुस्तक पढ्न बाध्य छिन। साथीहरुसँग पुराना पुस्तक मागेर गुजारा चलाउनु परेको उनको गुनासो छ। नयाँ पुस्तक विद्यालयले ल्याइनसकेकोले पुराना पुस्तक खोजेर स्कुल जाने गरेको उनी वताउँछिन। 

कक्षा ८ मा अध्ययनरत उनका साथीहरु पनि कापी र कलम मात्रै लिएर स्कुल पुग्छन्। सरिताको किताव हेरेर सवै विद्यार्थी पढ्छन्। उनी तल्फी माध्यमिक विद्यालयकी छात्रा हुन्। 

सरस्वती मावि तल्फीकी शुसिला कामीको विद्यालयले पाठयपुस्तक उपलब्ध नराउँदा विद्यार्थीको पढाई माथि खेलवाड भइरहेको गुनासो छ। ‘सदरमुकामका पुस्तक पसलमा किताव आइसकेको सुनेका छौ,’ उनले भनिन्, ‘तर स्कुलसम्म पुग्न सकेका छैनन्।’ आफुहरुको भविष्य माथि खेलवाड नगर्न विद्यालय व्यवस्थापन समिती, अभिभावक र शिक्षकलाई विद्यार्थीले आग्रह गरेका छन्। विद्यालयमा ४ सय १६ जना विद्यार्थी छन् तर पाठ्पुस्तक अभावमा उनीहरुको पठनपाठन प्रभावित हुँदै आएको छ। 

शैक्षिक शत्र सुरु हुनुभन्दा हप्तादिन अघी नै पाठयपुस्तक सदरमुकामका पुस्तक पसलमा पुगिसके पनि विद्यालयले लिन नमान्दा विद्यार्थी मारमा पर्ने गरेको स्थानीयको गुनासो छ। पाठयपुस्तक अभावले कक्षा ९ र १० का विद्यार्थी स्कुल जादैनन्। पाठयपुस्तक नभएको भन्दै शिक्षकहरुको अध्यापनमा लापरवाही वढेको अभिभावक वताउँछन्। शिक्षक वासुदेव शाही विद्यालयमा पाठयपुस्तक नपुगेको वताउछन्। पाठयपुस्तक नपुग्दा पढाई अघि वढ्न नसकेको उनले स्वीकारे। 

प्रधानाध्यापक सुभद्रा अर्याल पाठयपुस्तक ल्याउन गएकोले केही समय लाग्ने वताउँछिन्। उनका अनुसार नजिकैको उर्थुवजारमा पाठयपुस्तक पुगिसकेको छ। ‘वार्षिक २ सय २० दिन अनिवार्य पढाउनु पर्छ’ उनले भनिन्, ‘यहाँ दुर्गम भएकोले कमै मात्र पढाइहुँदै आएको छ।’ उक्त विद्यालयमा मात्र नभई जिल्लाका अधिकांश विद्यालयमा पाठयपुस्तक पुग्न सकेको छैनन्।

प्रकाशित: ४ चैत्र २०७४ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App