१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय जनप्रतिनिधिको राजीनामा माग

जाजरकोट – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जाजरकोटका स्थानीय सरकार प्रमुखहरुको राजीनामा माग गरेको छ। भेरी कर्णाली स्वायत्त प्रदेश जनपरिषद्को  नामबाट  जिल्लाका सातै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई  पत्र पठाउँदै पदबाट राजीनामा दिन धम्की दिएको  हो। 

सिंहदरबारदेखि स्थानीय गाउँ टोलसम्म भ्रष्टाचार, कालोबजारी राजनीति तथा सामाजिक दलाली, गुण्डागर्दी, लुटपाट, आतंक जस्ता कृयाकलाप फैलिएको भन्दै राजीनामा माग गरिएको छ।

सिंहदरबारदेखि स्थानीय गाउँ टोलसम्म भ्रष्टाचार, कालोबजारी राजनीति तथा सामाजिक दलाली, गुण्डागर्दी, लुटपाट, आतंक जस्ता कृयाकलाप फैलिएको भन्दै राजीनामा माग गरिएको छ। पत्रमा आफै सरकार प्रमुख, आफै ठेकेदार, आफै ब्यवसायी वनेर गणतन्त्रको  वदनाम  गरेको उल्लेख छ। जनताले राज्यबाट सेवा सुविधा पाउने भन्दा पनि प्रताडित बनाउने काम भन्दै राजीनामा माग गरिएको जनाइएको छ। 

पार्टीको  आग्रह अनुसार राजीनामा नदिए कडा प्रतिक्रिया जनाउने पत्रमा उल्लेख छ। पत्रमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला जनपरिषद् जाजरकोटका अध्यक्ष हरिचन्द्र जैसी ‘अनुकुल’ले हस्ताक्षर गरेका छन्।

प्रकाशित: ४ चैत्र २०७४ ०७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App