मुम्बई– बलिउड अभिनेता रणवीर सिंहले दीपिका पादुकोणसँगको सम्बन्ध आपसी समझदारीमा टिकेको बताएका छन्।
मुम्बईमा आयोजित एक सम्मेलनमा दीपिकासँग विहे कहिले गर्ने भन्ने प्रश्नमा रणवीरले भने- ‘हाम्रो सम्बन्ध आपसी समझदारीको हो। उनी उदाउदो कलाकार हुन्। बाजीराव मस्तानी, गोलियो की रासलिला रामलिला र पद्मावत फिल्ममा को एक्टरका रुपमा उनले मलाई ठूलो सहयोग गरिन। यसका साथै एक राम्रो मानिस बन्नमा पनि सघाइन्। म भाग्यमानी ठान्छु कि उनी मेरो जीवनमा छिन्।’
यद्यपी रणवीरले दीपिकासँग विहेबारे खुलेर बताएनन्। बलिउडको हिट जोडीका रुपमा चर्चित रणवीर र दीपिकाले अहिलेसम्म ३ सुपरहिट फिल्ममा काम गरेका छन्। दुबैले यसै वर्ष विहे गर्ने चर्चा छ।
प्रकाशित: ४ चैत्र २०७४ १२:०१ आइतबार