७ वैशाख २०८१ शुक्रबार
समाज

भूकम्पले क्षति पुर्याएको घरमा आगलागी

संखुवासभा –संखुवासभाको सभापोखरी गाउँपालिका ६ खोक्राङ स्थित एक घरमा आगलागी हुँदा १३ लाख रुपैयाँ बढीको क्षति भएको छ। 

शनिबार दिउँसो बद्धिमान मगरको घरमा आगलागी भएपछि १३ लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घर नजिकै रहेको भान्सा घरमा केटाकेटीले सलाई खेलाउने क्रममा उक्त भान्सा घरमा आगो सल्किएपछि सँगै रहेको घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीबाट घरसँगै एक लाख ६० हजार नगद, सुनचाँदी, अन्नपात, लत्ताकपडाहरू जलेको हो। 

यसअघि उक्त घर २०७२ सालको महाभूकम्पले समेत क्षति पुर्याएको थियो। भूकम्पले क्षति पुर्याएको भए पनि कुनै किसिमको सहयोग प्राप्त नभएको बुद्धिमान मगरले बताए।

प्रकाशित: ५ चैत्र २०७४ ०५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App