४ वैशाख २०८१ मंगलबार
प्रवास

ब्लड क्यान्सर पीडितलाई एनआरएन मकाउको सहयोग

मकाउ—बाग्लुङ जिल्ला नरेठेटी गाविस वडा नं ९ का गोरखबहादुर भण्डारीको छोरा बर्ष २५ को ब्लड क्यान्स पीडित ओम बहादुर भण्डारीको उपचारका लागि गैर आवासीय नेपाली संघ मकाउले ७५६०० रुपैयाँ संकलन गरेको छ।

गोरखबहादुर मकाउ स्थित साउथेन सेक्युरिटी कम्पनीमा कार्यरत छन्।

एनआरएनले भण्डारी बचाउ अभियान सञ्चलान गरी सो रकम संकलन गरेको हो। संकलित रकम पीडित परिवारलाई प्रदान गर्न गैरआबासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेशकुमार बरूवाललाई हस्तान्तरण गरिएको छ।

रकम हस्तान्तरण कार्यक्रममा एनआरएनए मकाउका उपाध्यक्ष राजेश प्रसाइ, सचिब कर्णबहादुर अधिकारी, केन्द्रिय सदस्य राजु नगरकोटीलाई उपस्थित थिए। एनआरएन केन्द्रीय सदस्य खेमबहादुर तामाङले रकम हस्तान्तरण गरेका हुन्।

सहयोगी हातहरू प्रति गैर आवासीय नेपाली संघ मकाउले आभार व्यक्त गरेको छ।

प्रकाशित: ५ भाद्र २०७३ १४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App