coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘कसैलाई डम्प गर्न पाइनँ’

मुम्बई–  बलिउड अभिनेत्री कंगना रनावत लागेको कुरा भन्न कहिलै डराउँदिनन्। केही न केही खुलासा गर्ने कंगनाले हालसालै भने आफूलाई धेरैले डम्प गरे पनि आफूले कसैलाई डम्प गर्न नपाएको बताएकी छिन्।

‘मैले अहिलेसम्म कसैलाई पनि डम्प गर्ने मौका पाइनँ, सबैले मलाई मात्र डम्प गरेका छन् । तीमध्ये मैले केही लुजरको नाम भने भने तपाईं आश्चर्यमा पर्नुहुन्छ, यस्ताले पनि तिमीलाई डम्प गरे भनेर । पछि केहीले फर्केर आउने प्रयास गरे तर मैले मानिनँ । किनकि त्यो समयमा मैले अर्कै कुनै लुजरसँगको सम्बन्धलाई अघि बढिसकेकी थिएँ।’
कंगनाले आफूले थुप्रै केटासँग प्रेम गरेको र हरेक पटकको ब्रेकअपसँगै जिन्दगी सकिएको अनुभूति गरेको पनि बताएकी छिन्। न्युज च्यानलसँग कुरा गर्दै उनले भनेकी छिन्, ‘ब्रेकअप पछिको पीडा १६ वर्षको हुँदा जति अप्रिय हुन्थ्यो अहिले पनि उस्तै लाग्छ । लाग्थ्यो, अब यो जिन्दगी बाँचेर केही काम छैन।’

कंगनाले सोही च्यानलसँगको कुराकानीमा भनेकी छिन्, ‘जब म प्रेम गर्छु, मेरो शरीरका सेललाई पनि थाहा हुन्छ । मान्छे छेउछाउमा नहुँदा पनि उसको बारेमा सबैकुरा थाहा हुन्छ । मेरो यस्तो अवस्था देखेर एक जना ब्वाइफ्रेन्डले सोधेको थियो, ‘तिमी मेरो बारेमा कसरी सबै कुरा थाहा पाउँछौ ?’ यो काला जादू हो । टेलिप्याथी हो । र यसरी नै म कसैलाई प्रेम गर्छु । यस्तोमा कसैले मलाई बोक्सी भन्छ भने मलाई केही गुनासो छैन।’

कंगनालाई उनका ब्वाइफ्रेन्ड अध्ययन सुमनले कंगनाले आफूमाथि कालो जादु गरेको आरोप लगाएका थिए । पछिल्लो समय कंगना र ऋतिक रोशनका बीचमा पनि ठूलो वाकयुद्ध चलेको थियो ।पछिल्लो पटक ‘सिमरन’मा देखिएकी कंगना अब भने ‘मनिकर्निका’ र राजकुमार रावका साथ ‘मेन्टल है क्या’ लिएर आउँदैछिन्।
 

प्रकाशित: ६ चैत्र २०७४ ०६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App