निर्वाचन आयोग पारदर्शी भएनः इयू

मङ्गलबार, ०६ चैत २०७४, १८ : २२ नागरिक


काठमाडौं– युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनले निर्वाचन आयोग पारदर्शी नभएको आरोप लगाएको छ। ३.५ मिलियन युरो खर्च गरिएको झन्डै पाँच महिना लामो मिसनले मंगलवार अन्तिम प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचन आयोगले मतदान केन्द्रका मतदाता र वदर मत आँकडा सार्वजनिक नगरेको आरोप लगाएको छ। 

६३ जिल्लामा पर्यवेक्षण गरेको इयू मिसनले पर्यवेक्षणका बेला अधिकारक्षेत्र बाहिर गएर कञ्चनपुर जिल्ला अदालतमा अनधिकृत सूचना मागेको आरोप खेपेको थियो। 

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम प्रतिवेदन सार्वजनिक गर्दै इयू मिसनका प्रमुख पर्यवेक्षक जेलयाना जोभ्कोले  भनिन्, ‘निर्वाचन आयोगले आफ्नो कर्तव्य निष्पक्ष ढंगले गरेर जनविश्वास आर्जन गरेको भएपनि आयोगका कामहरु पारदर्शी हुन सकेनन्।’ जोभ्कोले मंसिर १० र २१ मा भएका निर्वाचनहरु नेपालको संविधान २०७२ को कार्यान्वयनका लागि कोशेढुंगा सावित भएको उल्लेख गरिन्। 

निर्वाचन अभियानका क्रममा केही उम्मेदवारमाथि सांघातिक आक्रमण भएपनि राजनीतिक स्वतन्त्रता र मताधिकारको प्रावधान वेजोडले प्रयोग भएको जोभ्कोले बताइन्।

२९ वटा सुझाव समेटिएको अन्तिम प्रतिवेदनमा युरोपेली पर्यवेक्षण मिसनले पहिलो हुने निर्वाचित हुने प्रणालीका निर्वाचन क्षेत्र पुनरावलोकन गर्न, मत किनवेचलाई रोक्न कानुनको कार्यान्वयन एवं निर्वाचन आयोगको पारदर्शीता हुनुपर्ने लगायतका सुझाव दिएको छ। 

युरोपेली निर्वाचन पर्यवेक्षण मिसनले २५ अक्टुवर २०१७ देखि ३ जनवरी २०१८ सम्म नेपालमा काम गरेको थियो। मिसनमा नर्वे र स्विट्जरल्याण्डसहित इयूका २८ सदस्य राष्ट्रका करिव सय जना पर्यवेक्षक खटिएका थिए। ६३ जिल्लामा पर्यवेक्षण गरेको इयू मिसनले पर्यवेक्षणका बेला अधिकारक्षेत्र बाहिर गएर कञ्चनपुर जिल्ला अदालतमा अनधिकृत सूचना मागेको आरोप खेपेको थियो। 

यो मिसनले अन्तराष्ट्रिय र क्षेत्रीय स्तरमा नेपालले जनाएका प्रतिवद्धताको कसीमा निर्वाचन प्रणाली, निर्वाचन कानुन र निर्वाचनको स्वच्छता लगायतका आयाममा अनुगमन गरेको थियो। 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

महाभूकम्पबारे पत्रकार पन्थीको पुस्तक 'कम्पन'

महाभूकम्पबारे पत्रकार पन्थीको पुस्तक 'कम्पन'

पत्रकार किशोर पन्थीले महाभूकम्प २०७२ का घटना समेटिएको आफ्नो पुस्तक 'कम्पन' ल्याएका छन्। पुस्तकमा भूकम्प पीडित, भूकम्पमा परेर जीवित र...

साहित्यकार प्रधानको निधन

साहित्यकार शिवकुमार प्रधानको निधन भएको छ। ८३ वर्षीय प्रधानको गएराति बागलुङस्थित घरमै निधन भएको हो।  प्रधान नेपाली, संस्कृत र अङ्ग्रेजी...

स्टेज सोको शोषण : आयोजकको नियतै खराब

स्टेज सोको शोषण : आयोजकको नियतै खराब

धेरैजसो कलाकारको दालभात अहिले स्टेज कार्यक्रममा निर्भर छ । यही दालभातको प्रलोभनमा पर्दा आर्थिकदेखि शारीरिक शोषणसम्म भोगिरहेका छन्, कलाकार ।...

युवतीको राेजाइ जम्पसुट

युवतीको राेजाइ जम्पसुट

गर्मीसँगै विभिन्न थरि जम्पसुटमा ठाँटिनेहरू बढ्दैछन् । स्ट्राभ स्लिभलेस, इनर एट्याच, सिफन, चेकको कपडा, स्ट्रेचेबल फेब्रिकका कपडाको जम्पसुटले बजारका स्टोरहरू...