coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घुस लिएका २ प्रहरी निलम्बित

संखुवासभा – संखुवासभाका २ प्रहरी जवान निलम्बनमा परेका छन्। दुर्र्लभ वन्यजन्तु सालकको खपेटा चोरीमा संलग्न एक व्यक्तिबाट १ लाख घुस सहित पक्राउ परेका प्रकाश कार्की र रुद्रबहादुर बस्नेतलाई निलम्बन गरिएको हो।

जिल्लाको भोटखोला गाउँपालिकामा रहेको स्याक्सिला गोला प्रहरी चौकीमा कार्यरत कार्की र बस्नेत १ लाख घुस सहित पक्राउ परेका थिए। सालकको खपेटा चोरी निकासी गरेका व्यक्तिबाट उनीहरुले गैरकानुनी रुपमा रकम असुलेका थिए।

निलम्बनमा परेका प्रहरीले सालकको खपेटा लैजान दिने सर्तमा चोरीमा संलग्नबाट सो रकम असुलेका थिए। चोरीमा संलग्न व्यक्तिबाट उनीहरुले गैरकानुनी रुपमा रकम असुल गरेको गोप्य सूचनाको आधारमा २ प्रहरीलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चोरीमा संलग्न व्यक्ति फरार रहेकाले उनीहरुको खोजी भइरहेको र निलम्बनमा पर्नेहरुको थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित: ७ चैत्र २०७४ ०५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App