७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘पुरानो पुस्ताले नयाँ राजनीतिक खेल खेल्न सक्दैन’

भरतपुर – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अहिलेको परिवर्तित राजनीतिक गन्तव्य नयाँ राजनीतिक खेल भएकोले त्यो खेल पुरानो पुस्ताका राजनीतिक खेलाडीले खेल्न नसक्ने बताएका छन्। 

बुधबार नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ३ र ४ ले संयुक्त रुपमा चितवनको भरतपुरमा आयोजना गरेको चौथो संघीय परिषद्को विस्तारित बैठकको भाव सम्प्रेषण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब विकास र समृद्धि हुँदै समुन्नत समाजवादको नयाँ राजनीतिक खेल खेल्न नयाँ पुस्ता उदाउनुपर्ने आवश्यकता औंल्याएका हुन्।

‘आर्थिक विकास, समृद्धि र प्रगतिहुँदै देशलाई समुन्नत समाजवादमा लैजाने कुरा नयाँ खेल हो, पुराना खेलाडीले यो खेल पूरा गर्न सक्दैनन्। यो खेल खेल्न नयाँ खेलाडी नै चाहिन्छ, नयाँ पुस्ताले मात्रै यो खेल खेल्न सक्छ’ उनले भने– ‘म पनि पुरानो पुस्ताकै खेलाडी हुँ र लोकतन्त्रको लागि लडेको मान्छे हुँ, यो खेल मैले नै पूरा गर्न सक्छु भन्ने होइन। त्यसैले नयाँ युगको आवश्यकता पूरा गर्नका लागि अब नयाँ पुस्तालाई होस्टेमा हैंसे गर्नुपर्छ।’ 

संयोजक भट्टराईले विश्वव्यापी रुपमै पूँजीवादी लोकतन्त्र र साम्यवादी लोकतन्त्रमा संकट आएको कारण विकल्पको खोजी भइरहेको प्रसंग उल्लेख गर्दै नेपालको राजनीतिमा पनि खडेरी परेकै कारण नयाँ शक्ति पार्टी जन्मिएको बताए। उनले अबको लोकतन्त्रमा स्वतन्त्रता र समानताको ग्यारेन्टी हुनुपर्ने बताउँदै यस्तो लोकतन्त्रको मोडेल सहभागितामूलक लोकतन्त्र मात्र हुनसक्ने र त्यसलाई नयाँ शक्तिले राजनीतिक आधारको रुपमा ग्रहण गरेको बताए। 

उनले नयाँ शक्ति पार्टीलाई दूध र अरु पुराना पार्टीहरुलाई पानीको संज्ञा दिँदै पुराना पार्टीहरुसँग गएर मिसिनु भनेको दूधलाई प्रदूषित पानीमा मिसाउनु जस्तै भएको तर्क गर्दै बरु दूधमा थोरबहुत शुद्ध पानी मिसाउँदा दूधको गुणमा फरक नपर्नेमा जोड दिए। 

प्रकाशित: ७ चैत्र २०७४ १५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App