८ वैशाख २०८१ शनिबार
समाज

घुस लिने मात्र होइन, दिने पनि थुनामा

सडक नियम उल्लंघन गरेबापत ट्राफिक प्रहरीलाई घुस दिने गर्नुभएको छ ? गर्नुभएको छ भने अब तपाईंलाई सार्वजनिक मुद्दा लाग्न सक्छ।

नियम मिच्ने कतिपयले घुस दिने र ट्राफिक प्रहरीले पनि लिने गरेको पाइएपछि सार्वजनिक मुद्दा लगाउन थालिएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी घुस दिनेलाई मुद्दा चलाउन थालिसकेको छ।

महाशाखा प्रमुख डिआइजी सर्वेन्द्र खनालले घुस लिने मात्र होइन, दिनेलाई समेत सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउन थालिएको बताए । उनका अनुसार गत साउनयता ट्राफिक प्रहरीलाई घुस दिने २० वारीचालकलाई घुस रकमसहित पक्राउ गरेर आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अभियोग दर्ता गरिसकिएको छ । ट्राफिक प्रहरीलाई घुस दिएको १४ हजार एक सय ८० रुपैयाँसहित उनीहरूलाई जिप्रकामा पेस गरिएको हो । 

नियम मिच्ने कतिपयले घुस दिने र ट्राफिक प्रहरीले पनि लिने गरेको पाइएपछि सार्वजनिक मुद्दा लगाउन थालिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी घुस दिनेलाई मुद्दा चलाउन थालिसकेको छ । 

‘ट्राफिक नियम उल्लंघन गर्ने चालकले सोझै ट्राफिक प्रहरीलाई रकम बुझाएर ट्राफिक प्रहरीकै बेइज्जत भएकाले केही सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको हो,’ उनले भने, ‘सवारीचालकले नियम उल्लंघन गरेको खण्डमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई जरिवाना रकम तिर्ने होइन, सम्बन्धित ट्राफिक कार्यालय गरेर भौचर काटेर जरिवाना बुझाउने व्यवस्था गरिएको हुन्छ।’

खनालका अनुसार ट्राफिक प्रहरीलाई हप्ता बुझाउने र जथाभावी घुस बुझाउने प्रवृत्तिको अन्त्य गर्न कारबाही प्रक्रिया थालिएको हो । ‘महाशाखाले ट्राफिक प्रहरीलाई घुस खुवाउन खोज्ने सवारीचालकलाई घुससहितको रकम जफत गरेर जिल्ला प्रशासन कार्यालयमा केही सार्वजनिक अपराध ऐनअनुसार मुद्दा चलाउँदै आएको छ,’ प्रमुख खनालले भने, ‘कुनै ट्राफिक प्रहरीले सवारीचालकसँग घुस मागेको खण्डमा सोझै ट्राफिक प्रहरीको कन्ट्रोल रुम १०३ मा फोन गरेर जानकारी दिए त्यस्ता ट्राफिक प्रहरीलाई कारबाही गर्छौं ।’ उनले घुस लिने ट्राफिक प्रहरीलाई विभागीय कारबाही गरिने जानकारी दिए। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले ड्युटीमा खटिएको कर्मचारीलाई जबर्जस्ती घुस दिने कार्य निरुत्साहित गर्न घुस दिनेलाई पनि केही सार्वजनिक अपराध ऐनअनुसार मुद्दा चलाउन थालिएको बताए। 

‘सार्वजनिक अपराध मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट प्रहरीले पेसी लिएर अभियुक्तलाई कम्तीमा २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने व्यवस्था छ,’ उनले भने, ‘सरकारी वकिल मातहत अभियोजन दर्ता गर्ने मुद्दा अघि बढ्ने गर्छ। मुद्दाको प्रकृति र अभियोजन हेरेर फरक–फरक खालको कारबाही हुने गर्छ।’ 

यसबीच आचरण विपरीतका क्रियाकलाप गर्ने तीन ट्राफिक प्रहरीलाई निम्लबम्न गरेर कारबाही गरिएको महाशाखाले जनाएको छ। 

प्रकाशित: ९ चैत्र २०७४ ०६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App