‘विनोद चौधरीज्यू चाउचाउ मात्रै कति, एउटा अन्तर्राष्ट्रिय रंगशाला बनाइदिनुस् न’

शुक्रबार, ०९ चैत २०७४, २० : ४८ नागरिक


काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले व्यापारीबाट निजी लगानीमा रंगशाला बन्नुपर्ने बताएका छन्। 
आफ्नै पार्टीका अर्बपति सांसद विनोद चौधरीलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइदिन आग्रह गरेका हुन्। 

शर्माले ट्वीटरमा लेखेका छन्– चाउचाउ, स्टिल र बिस्कुट मात्रै कति ? अन्तर्राष्ट्रिय स्तरको एक रंगशाला आफ्नै पारिवारिक पूर्वजको नाममा बनाए पनि त हुन्छ। पीपीपी मोडेलमा होस् या बुट या खेल उद्योगको नवीन धारणामा। आफ्नै पार्टीका अर्बपति सांसदलाई आग्रह पश्चात... !!’

नेपाली क्रिकेटले एकदिवसीय मान्यता पाएपछि अन्तर्राष्ट्रिय रंगशालाको माग उठिरहेका बेला अर्बपति उद्योगी चौधरीले ‘निजी–सरकारी साझेदारी (पीपीपी) मोडलमा रंगशाला बनाउन सकिने मेरो विश्वास छ। अथवा त्रिभुवन विश्वविद्यालयको खेल मैदानलाई पनि पुनर्संरचना गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु। यसका लागि तपाईहरुले राज्यलाई दबाब दिनुहुनेछ भन्ने आशा गर्दछु’ भनेका थिए। जवाफमा कांग्रेस प्रवक्ता शर्माले आफै बनाइदिन आग्रह गरेका हुन्।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

अक्षय कुमार घाइते

अक्षय कुमार घाइते

बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन्। फिल्म ‘केसरी’को एक्सन सीनको शुटिङ्गका क्रममा उनी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।...

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशकद्वारा निर्देशित हैरानको टिजर सार्वजनिक

विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेको फिल्म हैरानको टिजर सार्वजनिक भएको छ । मुक्ति घले र श्रृष्टी घिमिरेको संयुक्त...

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदीमा पहिलो पटक फेशन शो, दर्शक महिलामात्र

साउदी अरेबियामा पहिलोपटक फेशन शो भएको छ। साउदीको रियादमा सम्पन्न उक्त फेशन शोमा दर्शक भने महिलाहरूमात्र थिए।  उक्त फेसन शोमा सहभागी...

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

लिलि बिली : हिन्दी फिल्मको जोडजाड

स्कटल्यान्ड तपाईंको ‘ड्रिम कन्ट्री’ हो र पर्दामै भए पनि त्यहाँका दृश्य देख्दा तपाईंको मन रमाउँछ भने ‘लिलि बिली’ हेर्नु राम्रै...