८ वैशाख २०८१ शनिबार
समाज

गाउँपालिकालाई संयुक्तरूपमा जग्गा दान

संखुवासभा – संखुवासभाको शिलिचोङ गाउँपालिकालाई कार्यालय सञ्चालनका लागी २० रोपनी जग्गा निशुल्क प्राप्त भएको छ। गाउँपालिका सञ्चालनका लागी स्थानीय ५ जनाले निशुल्क रूपमा जग्गा दान गरेका हुन्।

शिलिचोङ गाउँपालिका–३ ताम्कुकी फुलकुमारी मेवाहाङले साढे ४ रोपनी, चन्द्रकुमार मेवाहाङले ५ रोपनी, सुरेश कुमार मेवाहाङले ४ रोपनी, चिम्रे मेवाहाङले ५ रोपनी र कैलाश कुमार मेवाहाङले साढे १ रोपनी जग्गा प्रदान गरेका हुन्।

दाताहरुबाट प्राप्त भएको निशुल्क जग्गा गाउँपालिकाको नाममा पास गरी सकिएको गाउँपालिका अधयक्ष राम बहादुर कुलङले बताए। गाउँपालिका र अन्य विषयगत कार्यालयहरु निर्माण गर्न दाताबाट निशुल्क रुपमा प्राप्त भएको जग्गा पर्याप्त हुने अध्यक्ष कुलुङले बताए।

प्रकाशित: ११ चैत्र २०७४ ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App