८ वैशाख २०८१ शनिबार
समाज

आँखाको ज्योती फर्केपछि सांसारै उज्यालो

जाजरकोट- छेडागाड नगरपालिका  ९ की ६५ वर्षीया रितु नेपालीलाई फेरि संसार देखुला  भन्ने लागेको थिएन। एक वर्ष अघि आँखाको ज्योती गुमाएर घरमै थलिएकी रितुले गाउँमै नेपाल रेडक्रस सोसाइटीको  आयोजनामा भएको आँखा शिविरमा उपचार गराएर फेरि आँखा देख्ने भएपछि  नयाँ जीवन पाएको अनुभुति गरेकी छन्। ‘एक वर्ष भन्दा बढी समय भएको थियो संसार देख्न नपाएको अहिले त  सांसारै उज्यालो भएर आयो’, अप्रेसनपछि उनले भनिन्। 

रितु मात्र होइन  रेडक्रसले  आयोजना गरेको आँखा शिविरवाट उपचार पाएर  फेरि आँखा देख्ने भएका झन्डै दुइ सय विरामीहरुले  फेरि उज्यालो सांसार देख्न पाएको भन्दै  हर्ष  व्यक्त गरेका छन्। 

नेपाल रेडक्रस, आँखा अस्पताल सुर्खेतको आर्थिक तथा प्राविधिक सहयोग , छेडागाड नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जाजरकोटको आयोजनामा सोमवारदेखी शुक्रवारसम्म  सञ्चालित उक्त निशुल्क आँखा शिविरमा  जिल्लाको पश्चिम क्षेत्रका एक हजार ४१ जनाले आँखाको स्वास्थ्य परीक्षण गराएको  नेपाल रेडक्रस सोसाइटी जाजरकोटका सदस्य राजेन्द्रवहादुर कार्कीले वताए ।  उनका अनुसार शिविरमा आएका मध्य  १ सय ९५ जनाको मोतीविन्दुको अप्रेशन गरिएको छ। शिविरमा १५ देखी ९० बर्ष उमेरसम्मका विरामीको अप्रेशन गरिएको  सदस्य कार्कीले जानकारी दिए। निशुल्क शिविरमा  सुर्खेत आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा.नम्रता गुप्ता र नेत्ररोग विशेषज्ञ डा. शक्तिप्रसाद सुवेदीले  आँखाको शल्यक्रिया सेवा प्रदान गरेको  रेडक्रसले जनाएको छ। गाउँमा  धुँवामा काम गर्नेहरुमा  बढी आँखा सम्वन्धी समस्या देखिएको नेत्र विशेषज्ञ डा. शक्तिप्रसाद सुवेदीले वताए।

आँखाको सुरक्षामा ध्यान नदिने, नियमित सरसफाइ नगर्ने, तथा जनचेतनाको कमीका कारण  बृद्धावस्थामा  आँखामा विभिन्न थरीका रोगहरु लाग्ने गरेको उनले बताए।

 

प्रकाशित: ११ चैत्र २०७४ ०८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App