८ वैशाख २०८१ शनिबार
समाज

छर्रा बोकेर हिड्न बाध्य अनुपा

आफ्नो छोरासँग अनुपा। तस्बिरः नागरिक

पाँचथर – २०५९ सालमा संखुवासभाको चैनपुरमा भएको भिडन्तमा सहभागी अनुपा राई होस आउदा अनकन्टार जंगलमा थिइन। वरपर कोहि थिएन, शरीर थाङथिलो अवस्थामा थियो। दुखले शरीर घिसार्दै पार्टीको सम्पर्कमा पुग्दा २१ दिन भएको थियो। पार्टीको सम्पर्कमा पुग्दा पो बल्ल थाहा  भयो आफ्नो मृत्यु भइसकेको भनेर शहीद घोषणा गरिसकिएको रहेछ।

सोही युद्धमा उनको शरीरको विभिन्न भागमा माईन बमको छर्रा छिर्यो। त्यो युद्ध पछि पनि उनले विभिन्न युद्धमा आफ्नो भूमिका देखाइन। माओवादी विद्रोहमा सक्रिय रहिन।  हात र कुमको छर्रा निकालियो। तर उनको टाउको र छातीमा रहेको छर्राले यतिबेला बेस्सरी सताउँदै छ। लडाकु मनकुमार राईसँग विवाह बन्धनमा बाधिएर पाँचथर जिल्लाको हिलिहाङ गाँउपालिका–७ एकचेप्पामा आएकी अनुपा यतिबेला पोल्ने, झमझम गर्ने, दुख्ने जस्तो समस्याले ग्रसित भएकी छिन्।

द्वन्द्वको समयमा अनुपा।

व्यवस्था परिवर्तन र जनताको जनजीविकामा सुधार ल्याउन १४ वर्षकै कलिलो उमेरमा अनुपा युद्धमा होमिएकी थिईन। व्यवस्था परिवर्तन भयो, पार्टी सत्तामा केही पटक पुगीसक्यो तर उनी यतिबेला उपचारको याचना गरीरहेकी छन्। आफ्नो स्वास्थ्यमा हरेक वर्ष थपिदै गएको समस्या  पत्रकारहरूलाई सुनाउँदै अनुपाले भनिन ‘पार्टी सरकारमा छ। राम्रो ठाँउमा लगेर उपचार गरीदिए राहत हुन्थ्यो। आफैं उपचार गरौ भने आर्थिक अवस्था कमजोर छ।’

अनुपाले सरकारी सुविधा समेत पाएकी छैनन्। द्वन्द्व पीडितको नाममा विभिन्न व्यक्तिले सुविधा लिएपनि अनुपाले भने केही नपाएको सुनाईन। घाईतेको लिष्टमा उनको नाम छैन्। युद्धकै समयमा उनको विवाह भयो। एक जना छोरा छन्। पूर्व लडाकु श्रीमान मलेसियामा श्रम गर्दैछन्। ‘वर्षेनी स्वास्थ्य बिग्रीरहेको छ। उपचारका लागि सहयोग भए ठुलो राहत हुने थियो’– उनी भन्छीन। परिवर्तनका लागि ज्यानको प्रवाह नगरी युद्धमा होमिएकी अुनपा उपचारको याचनामा छिन भने श्रीमान विदेशी भुमिमा श्रम गर्दै छन्।

ओखलढुंगाको कुहिभिरकी अनुपा पढ्दा पढ्दै युद्धमा होमीएकी थिइन। उनी २०६३ सालदेखि घरमा छिन्। राईले लडेका ठूला ५ युद्ध मध्ये संखुवासभा चैनपुरको घटना पछि उनको शरीरमा छर्राले सतायो। टाउको र छातीमा अझै पनि छर्रा निकाल्नका लागि सहयोगको याचना गरीरहेकी छिन्। बच्चा हुने अवस्था देखि उनको राजनीति सक्रियता केही घट्यो । पार्टीमा आबद्ध छिन तर पहिला झै सक्रियता छैन। अझै शरिरमा छर्रा बोकेर उपचारको खोजीमा छिन्। ‘पार्टीले सत्तामा पुगिसकेको छ। धेरैले उपचार सुविधा पाएको भन्छन्। तर मलाई कसैले हेरेन’ उनी गुनासो पोख्छीन। दुई पल्ट उनको अप्रेशन भयो। शरीरका  विभिन्न भागमा ६ वटा छर्रा बाँकी रहेको उनले सुनाईन। 

छर्रा भएको ठाँउमा बेस्सरी दुख्ने, पोल्ने तथा शरीरको एका पट्टी निदाइरहने समस्यामा गुज्रिएको उनले सुनाइन। कक्षा ९ मा पढ्दा पढ्दै उनी युद्धमा होमिएकी थिईन। परिवर्तन उनको सपना थियो। तर आज उपचारको याचना गर्दै हिड्नु पर्ने अवस्था छ। नेताहरूलाई पटक पटक उपचारकालागि अनुरोध गरेको बताईन। घाईतेको लिष्टमा नाम नभएर समस्या भएको नेताहरुले बताउँने गरेको उनले सुनाईन।


 

प्रकाशित: ११ चैत्र २०७४ ०९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App