coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

मलेसियामा एक नेपालीको मृत्यु

म्याग्दी – रोजगारको सिलसिलामा मलेसियामा पुगेका एक म्याग्देलीको मृत्यु भएको छ। मलेसियाको आम्पाङ्गपार्कस्थित भिस्टा दमैको अपार्टमेनमा सेक्युरिटी कम्पनीमा कार्यरत जिल्लाको मालिका गाउँपालिका–२ रूमको जेम गाउँका धर्म रोका मगर ड्युटी गर्ने क्रममा बसिरहेको कुर्चीमै मृत अवस्थामा फेला परेका छन्। 

शनिबार बेलुकी साझ ५ बजे कुर्चीमै मृत्यु भएको अवस्थामा  कम्पनीमा कार्यरत मगरका सहकर्मीले भेटेको त्यहाँबाट यामलाल सापकोटाले बताए। ‘हामीले मृत्युको खबरबाटै थाहा पायौं। यहाँ सुतेकै अवस्थामा नेपालीले ज्यान गुमाउने गरेका छन्’, सापकोटाले भने। मृतक मगरको शव पोष्टमार्टमका लागि मलेशियन प्रहरीले त्यहाँको सरकारी अस्पतालमा लगेको छ। 

विगत ५ बर्ष अगाडि मलेसिया पुगेका मगरको मृत्युले त्यहाँका म्याग्देलीसहित गाउँसमेत शोकमा डुबेको छ। कम्पनीमा कार्यरत मगरका सहकर्मीले नियमित आफ्नो काममा पुगेका मगरलाई हृदयघात भएको हुनसक्ने बताएका छन्।

पछिल्लो तीनबर्ष यता मलेसियामा अन्नपूर्ण गाउँपालिका–३ दाना काभ्रेका सम बहादुर पुनको सुतेकै अवस्थामा मृत्यु भएको थियो भने रघुगंगा गाउँपालिका–६ कोटगाउँ)का ओम बहादुर पुनको सडक दुर्घटनामा ज्यान गएको थियो। गैरकानुनी रुपमा बस्ने नेपालीहरुको मृत्यु भएपछि आवश्यक कानुनी प्रक्रिया पु-याउन समेत समस्या हुने गरेको छ।

मलेसियामा म्याग्देली आवद्ध रहेको संघसंस्था नभएकाले पनि मृत्यु लगत्तै आवश्यक कानुनी प्रक्रिया र क्षतीपूर्तीका लागि समेत कानुनी दवाव दिन मुस्किल रहेको त्यहाँ कार्यरत म्याग्देलीहरुको भनाई छ। खाडीमुलुक मलेसिया, कतार, यूएई लगाएतका देशमा मृत्यु हुने नेपालीमा अधिकांश सुतेकै अवस्थामा हुने गरेको छ। 

प्रकाशित: ११ चैत्र २०७४ १५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App