८ वैशाख २०८१ शनिबार
समाज

नेपाल रिपब्लिक मिडिया र सेकाई निप्पोबीच भगिनी सम्बन्ध

काठमाडौं- जापानको लोकप्रिय पत्रिका सेकाई निप्पो र नेपाल रिपब्लिक मिडियाबीच भगिनी सम्बन्ध कायम भएको छ।

जापानमा आयोजित विशेष समारोहमा नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली र सेकाई निप्पोका अध्यक्ष मासाहिरो कुरोकीले भगिनी सम्बन्ध स्थापनाको पत्रमा हस्ताक्षर गरे।

कार्यक्रममा रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली, सुनसुके उवोतानी महासचिव युनिभर्सल पिस फेडरेसन, योसियुकी इवाकी साकाई निप्पोका योजना निर्देशक,  तोसिउकी हायाकावा सम्पादन मण्डलका सदस्य, कोजी मात्सुदा अध्यक्ष युथ एण्ड स्टुडेन्ड फर पिस, मासाहिरो इजावा उपमहासचिव युथ एण्ड स्टुडेन्ड फर पिसको समेत उपस्थिति रहेको थियो।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App