८ वैशाख २०८१ शनिबार
समाज

गुणस्तरिय शिक्षाप्रति जनप्रतिनिधिको चिन्ता

विद्यालयको अनुगमन गर्दै जनप्रतिनिधिको टोली। तस्बिर : नागरिक

जुम्ला – सरकारले गुणस्तरिय शिक्षाको नारालाई अघि बढाइरहेको बेला जुम्लाका जनप्रतिनिधिले शिक्षामा गुणस्तरता आउन नसकेको प्रति चिन्ता व्यक्त गरेका छन। उनीहरुले गुणस्तरिय शिक्षाको नारा साकार हुन नसकेको भन्दै अहिले पनि कोर्ष नसकाएरै विद्यार्थी परिक्षामा सहभागि हुनु परेको बताए।

शिवभैरव आधारभुत विद्यालय जोगिवाडा,कालिका आधारभुत विद्यालय श्रीनगर र भवानी प्रावि जर्मिको विद्यालय अनुगमन गरेपछि जनप्रतिनिधिले आवश्यकता अनुकूलको शिक्षा अहिलेको अपरिहार्यता भएको बताए।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले अबको लगानी शिक्षामा हुनु पर्नेमा जोड दिए। अहिले पनि चिट नचोरेमा उत्तीर्ण भईन्न भन्ने सोच हाबी भएको छ, उपप्रमुख बुढाले भने, अब चिट चोर्नेलाई कडा कारवाही हुन्छ भन्ने सन्देश छर्न जरुरी छ। उनले विद्यालयमा गुणस्तरिय शिक्षा अध्ययन अध्यापनका लागि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीको भुमिका बढि हुने बताए।

बालमैत्री, शौचालय, बालमैत्री कक्षाकोठा,खानेपानीको प्रबन्ध,उचित घेराबार र नियमित पठनपाठनको व्यवस्थापन हुनु गणस्तरिय शिक्षाको आधार हुन। शिवभैरव आधारभुत विद्यालयमा टिपिटयाप,बालमैत्री शौचालय, खानेपानी, नुहाई धुवाइको लागि चिसोतातोको व्यवस्था, डसबीन र फिल्टर समेतका व्यवस्था छ।

तिला गाउँपालिका उपप्रमुख विष्णुमाया बुढा नियमित विद्यालय खुलेर नियमित पढाई हुनुपर्नेमा जोड दिन्छिन। उनले भनिन, वार्षिक रुपमा कति पढाई हुनुपर्ने भन्ने विषयमा गंभीरतापूर्वक हेरिनुपर्छ। नियमित अनुगमन हुनुपर्ने, अभिभावक र विद्यालय व्यवस्थापन समिति चनाखो हुनुपर्ने र विद्यालयमा शान्तिपूर्ण वातावरण सृजना गरेर पढाई गर्नुपर्ने उनले बताइन।

तातोपानी गाउँपालिका प्रमुख नवराज न्यौपाने गुणस्तरिय शिक्षाको नारालाई साकार पार्न स्थानीय तहले हदै सम्मको पहल गर्ने बताए। अहिलेका विद्यालय नियमित देखिदैनन,उनले भने, नियमित खुलेका विद्यालयमा नियमित पढाई हुन सकेको छैन। विद्यालयमा नियमित हाजिर नहुने शिक्षकलाई कारवाही गर्नेगरी कानुन तर्जुमा गर्छौ। विद्यालयको गुणस्तर सुधारमा बाधक सबैलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जाहेर गरे।

जिल्लाका अधिकांश विद्यालयमा खानेपानीको पहुच पुगेको छैन। पछिल्लो समयमा गुणस्तरिय शिक्षाका नाममा विद्यालय परनिर्भर हुँदै गएको आरोप सरोकारवालाको छ। सामाजिक संघ संस्था र सरकारी कार्यालयकै भरमा विद्यालय चल्नाले स्थानीयले अपनन्वको अनुभव हुन सकेको छैन। सबै स्थानीय तहले नियमित अनुगमन, नियमन गर्न जरुरी देखिएको छ। पहिले शिक्षक जिल्लाबाहिरको हुँदा पढाईमा गुणस्तर खस्केको थिएन, स्थानीय पदमबहादुर शाहीले भने, अहिले स्थानीय शिक्षकको हाबी छ तर विद्यालयको पढाई खस्कदै गएको छ। 

प्रकाशित: १३ चैत्र २०७४ ०६:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App