coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ब्यारेकमा अचेत भेटिएका दुई सैनिकको मृत्यु

इटहरी - पूर्वी पृतना मुख्यालय इटहरी अन्तर्गत श्री सवुज गणमा कार्यरत दुई जना सैनिकको सोमबार राती मृत्यु भएको छ।

गणमा कार्यरत बर्दिया नेउलापुरका सैनिक अमलदार भरत बिक र सल्यान दमाचौरका प्युठ दोलख चन्दको मृत्यु भएको हो। विक र चन्द राती ९ बजेतिर पृतना मुख्यालय हाताभित्रको स्विमिङ पुलको उत्तर पूर्वमा रहेको माछा पोखरीमा अचेत अवस्थामा फेला परेका थिए।

अचेत दुवैलाई पृतना हाताभित्रै रहेको फिल्ड अस्पतालमा उपचार गर्न भर्ना गरिएकोमा सम्भव नभएपछि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। सैनिक विक र चन्दको धरानमा उपचारकै क्रममा राती ११ बजे मृत्यु भएको पूर्वी पृतनालयले जनाएको छ।

 ‘माछा पालेको पोखरीमा अचेत अवस्थामा भेटिएपछि तत्काल उपचार गर्न लगिएको हो, अब पोष्टमार्टम रिपोर्टबाट के भएको हो पत्ता लाग्छ,’ पृतनाका एक सैनिक अधिकृतले भने, ‘विष सेवन वा करेन्ट लागेको हुन सक्ने आशंका गरिएको छ।’ सेनाको टोलीले दुवै जनालाई  एक्कासी अचेल अवस्थामा भेटेपछि तत्काल उपचार गर्न भर्ना गरिएको थियो । ‘यदि उनीहरुलाई बेलैमा देखिएको भए जोगाउन सकिने थियो होला। कति बेलादेखि अचेत भएका थिए। कुनै टुंगो लागेन,’ ती सैनिक अधिकृतले भने।

सवुज गणमा आठ सय भन्दा बढी सेना छन् । मृतक विक र चन्दमा यसअघि कुनै प्रकारको समस्या थिइन्। 

घटनाबारे सेनाले पनि छानबीन समिति गरिने भएको छ । ‘घटनाको सम्बन्धमा सत्य–तथ्य पत्ता लगाउन स्थानीय प्रहरीसँगको समन्वयमा आवश्यक छानविन प्रक्रिया समेत अघि बढाइएको छ,’ सेनाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सेनाले घटनाबारे छानबीन गर्न सेनाको प्रधान कार्यालयबाटै टोली गठन गर्नेछ।

सेनाले मृतकका आफन्तलाई जानकारी दिइ सकेको र उनीहरु आएपछि शवको पोष्टमार्टम गरिने बताए । मृतकका परिवार पोष्टमार्टम गर्न अस्पताल जानुअघि पृतनामा बोलाएर घटना भएको स्थल र घटनाबारे जानकारी दिइनेछ।

इलाका प्रहरी कार्यालय इटहरीले दुवै जना सैनिक पोखरीमा फेला परेकाले घटनाबारे अनुसन्धान भइरहेको जनायो । ‘माछा पोखरीमा अचेत अवस्थामा सैनिक भेटिए । त्यसबारे अनुसन्धान भइरहेको छ,’ डिएसपी सन्जय राउतले बताए।

प्रकाशित: १३ चैत्र २०७४ १०:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App