८ वैशाख २०८१ शनिबार
प्रवास

नेपाली माइक्रो बायोलोजिष्टलाई युराेपियन फेलोसिप

काठमाडौं- नेपाली माइक्रो बायोलोजिष्ट सन्तोष थापाले युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलमा संसारमा प्रमुख चुनौतिको रुपमा देखिएको स्वास्थ्य समस्याको अध्ययनको अवसर प्राप्त गर्ने भएका छन्।

अमेरिकाको नर्थ टेक्सस हेल्थ साइन्स सेन्टरबाट पिएचडी गर्दै गरेका धनकुटाका थापा प्रोग्राममा संसारभर विभिन्न क्षेत्रबाट छानिएका दस फेलोमध्ये एक हुन्।

युरोपियन सोसाइटी अफ क्लिनिकल माइक्रोबायोलोजी एन्ड इन्फेटिअस डिजिजको फेलोको रुपमा सेप्टम्बरदेखि उनले इबोला, डेगु ज्वरो, एन्टिबायोजिक प्रतिरोध र स्वास्थ्य सम्बन्धी अन्य चुनौतिको बारेमा विश्वव्यापी अवधारणको बारेमा अध्ययन गर्ने उनको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

धनकुटाका पाख्रिबासस्थित जल्पा माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका थापाले धरानस्थित हात्तिहार क्याम्पसबाट बिएस्सी र केन्द्रीय क्याम्पस कीर्तिपुरबाट माइक्रो बाइलोजीमा एमएस्सी गरेका थिए। सन् २०१३ मा विद्यावारिधी गर्न अमेरिका गएका थापाले किटाणुबाट लाग्ने रोगको बारेमा अध्ययन गर्दै आएक छन्।

फेलोको रुपमा स्वीडेनमा रहँदा थापाले रोगको निगरानी, जनस्वास्थ्यको बारेमा छलफल तथा संक्रमित रोगहरुको बारेमा विभिन्न देशमा भएको भएको प्रगतिको बारेमा काम गर्ने अवसर पाउने छन्।

'युरोप तथा विश्वभरमा रोगको नियन्त्रण र रोकथामको क्षेत्रमा के नयाँ भएको छ भन्ने अध्ययन गर्ने अवसर प्राप्त हुने छ,' थापाले भने, 'यसले विभिन्न क्षेत्रका सो कार्यक्रममा सहभागी तथा विज्ञहरुबाट छलफलका लागि राम्रो स्थान हुने बताएका छन्।' सहभागीहरुको छनोट उनीहरुले अध्ययन, अनुसन्धान, अनुभव, अन्तर्राष्टिय सहकार्य र सार्वजनिक स्वास्थ्यको संगठनमा सक्रिय सहभागिताको आधार छनोट गरिएको हो।

प्रकाशित: ७ भाद्र २०७३ ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App